Skip to main content

Epost Nepal

संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

३० भदौ, काठमाडौं – सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ देखि सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *