१५ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने बताएका छन् । उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकामा जोड दिएका छन् । उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका उल्लेख गरेका छन्। आफ्नो जीवन उत्सर्ग गर्ने…
१५ जेठ, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् । सत्रौं गणतन्त्र दिवसका अवसरमा मंगलवार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गरेका छन् । ‘आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन,’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले…
१४ जेठ, काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्रीमा ४८ घन्टाभित्र कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार उक्त परमादेश दिएको हो। आदेशमा संविधानको धारा १६८ उपधारा २ बमोजिम बनेको सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत पाउन नसकेको भन्दै उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ। एमाले नेता खगराज अधिकारी संविधानको धारा १६८ उपधाार २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्री नियुक्त गर्न एमालेका २२ जना, सभामुख कृष्णप्रसाद धितालसहित माओवादीका ८ जना र राजीव गुरूङ 'दीपक मनाङे' ले…
१४ जेठ, काठमाडौं - सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा उभिएका नेपाली कांग्रेस र नेकपा एमाले अब एक अर्काको विरोधमा उत्रिएका छन् । यी दुई दलबीच सहकारीको बचत अपचलनमा प्रस्ट दुईधार छ । एमाले प्रस्ट रवि बचाउमा उत्रिएको छ । कांग्रेस रविलाई जुनसुकै हालतमा कमजोर बनाउने लाइनमा छ । यही लाइनका बीच केही समयअघि संसदीय दलको बैठक लाइभ गरेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमा कांग्रेसलाई बोल्न नदिने बताएका थिए । त्यसको भोलिपल्ट सदनमा मुठभेडनै भयो । त्यसयता सदन सौहार्द वातावरणमा चल्न सकेको छैन । वाकयुद्ध नेताहरूबीच पेचिलो बनेको छ । यसैबीच…
१४ जेठ, काठमाडौं - सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । उक्त रिटमाथि छलफल गर्न आउँदो बुधबारका लागि पेशी तोकिएको छ । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो । उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट…
१४ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले सदनको गतिरोध अन्त्यको प्रयासमा सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए । यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक…
१३ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको आरोप लगाएका छन् । सरकारविरुद्ध आइतबार कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै शर्माले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप छ । ‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भरतपुरका रवि लामिछानेलाई समय लाग्छ ।’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै गिरफ्तार गरिएको तर…
१३ जेठ, काठमाडौं - प्रतिनिधिसभाको आइतबारको बैठकबाट सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा १ घण्टा छलफल भएको थियो । नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन…
१३ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने बताएको खुलेको छ। प्रधानमन्त्री दाहालसँगको भेटमा कांग्रेस सभापति देउवाले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्नु गलत हुने बताएका हुन् । कांग्रेस महामन्त्री गगन थापाले आइतबार दिउँसो प्रेस युनियनको स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीलाई भनेका उक्त कुरा खुलासा गरेका हुन् । ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम…
१२ जेठ, काठमाडौं - काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको हो । महानगरपालिकाका प्रमुख बालेन शाहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका छन् । कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परेको जनाउँदै मेयर बालेन शाहको निर्देशनमा शनिबार सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरु अगाडि खनाइदिएको हो । उनले चक्रपथ विस्तारको…