Epost Nepal

Breaking News 1

वित्तीय प्रणालीमा तरलता बढी भएपछि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै

वित्तीय प्रणालीमा तरलता बढी भएपछि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै

३१ जेठ, काठमाडौं - बैंक तथा वित्तीय प्रणालीमा तरलता बढी भएपछि बिहिवार फेरि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । केही दिनयता राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज १४ दिनका लागि ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा…
Read More
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड प्रस्थान

२९ जेठ, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट  जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
Read More
सदन  चटकेले सडकमा  जस्तो बोल्न पाउने ठाउँ होइन : गगन थापा

सदन  चटकेले सडकमा  जस्तो बोल्न पाउने ठाउँ होइन : गगन थापा

२० जेठ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पु्ष्पकमल दाहालको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले मन्त्री लामिछानेको उक्त अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन भनेका छन् । गृहमन्त्री बोलेको विषय सदनको गरिमासँग जोडिएको भन्दै कांग्रेस महामन्त्री थापाले सभामुख घिमिरेको पनि ध्यानाकर्षण गराए । विषयवस्तुलाई सदनबाट बराल्ने कार्य यसपटकदेखि भएको भन्दै थापाले गृहमन्त्रीले लगाएका आरोप पुष्टि गर्न वा गृहमन्त्रीले बोलेको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । 'सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन्…
Read More
देउवा निवासमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित मधेसी दलका शीर्ष नेताहरूबीच छलफल

देउवा निवासमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित मधेसी दलका शीर्ष नेताहरूबीच छलफल

१७ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मधेसी दलका शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक अवस्था र सम्भावित समीकरणबारे छलफल भएको छ । बुधबारको बैठकमा अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए । देउवा निवासमा भएको बैठकमा सहभागी भएका एक नेताका अनुसार मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक राजनीतिक विषयहरुमा र अहिलेको पछिल्लो सम्पूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेशमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला…
Read More
आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन

१५ जेठ, काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटको लागि पाँच प्राथमिकता तय गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको ५ प्राथमिकता तय गरिएको बताएका हुन् । …
Read More
सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंगो लाग्यो

सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंगो लाग्यो

१५ जेठ, काठमाडौं - सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छ । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार ४ बुँदे कार्यादेश तय गरेको हो । कार्यक्षेत्रको पहिलो बुँदामा 'सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने' उल्लेख छ । त्यस्तै दोस्रो बुँदामा 'समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने' उल्लेख गरिएको छ ।…
Read More
सर्वोच्चको परमादेश: गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्नू

सर्वोच्चको परमादेश: गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्नू

१४ जेठ, काठमाडौं  - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्रीमा ४८ घन्टाभित्र कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार उक्त परमादेश दिएको हो। आदेशमा संविधानको धारा १६८ उपधारा २ बमोजिम बनेको सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत पाउन नसकेको भन्दै उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ। एमाले नेता खगराज अधिकारी संविधानको धारा १६८ उपधाार २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्री नियुक्त गर्न एमालेका २२ जना, सभामुख कृष्णप्रसाद धितालसहित माओवादीका ८ जना र राजीव गुरूङ 'दीपक मनाङे' ले…
Read More
सदनको गतिरोध अन्त्यको प्रयासमा  सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन

सदनको गतिरोध अन्त्यको प्रयासमा सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन

१४ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले सदनको गतिरोध अन्त्यको प्रयासमा सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए । यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक…
Read More
कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

७ जेठ, काठमाडौं - काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बर्षा भइरहेको छ । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का बर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सोमबार दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णालि प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली…
Read More
मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेसहित गर्‍यो विभिन्न निर्णय

मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेसहित गर्‍यो विभिन्न निर्णय

४ जेठ, काठमाडौं - सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेसहित विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रबार जानकारी गराएकी हुन् । उनका अनुसार सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ । श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उनी यसअघि पनि सोही पदमा थिइन् । बैठकले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search