२९ जेठ, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् ।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।



