Epost Nepal

राजनीति

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने छ : डा. शेखर कोइराला

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने छ : डा. शेखर कोइराला

३ बैशाख , काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इलाम–२ को उपनिर्वाचन प्रतिष्ठाको विषय बनेको बताएका छन् । प्रचारका लागि सोमबार इलाम पुगेका कोइरालाले पार्टी एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिनुपर्ने बताए । “कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ । यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको बिषय भएको छ । जित्नैपर्छ,” कोइरालाले भने । कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने उनले बताए । पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न उनको आग्रह छ । आकांक्षी जतिजना…
Read More
संसद्को हिउँदे अधिवेशन अन्त्य: कांग्रेसले संसदीय छानबिन समितिको माग आगामी अधिवेशनमा पनि उठाउँने

संसद्को हिउँदे अधिवेशन अन्त्य: कांग्रेसले संसदीय छानबिन समितिको माग आगामी अधिवेशनमा पनि उठाउँने

३ बैशाख , काठमाडौं - सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति माग गरिरहेका बेला अधिवेशन अन्त्य गर्नुलाई कांग्रेसले आपत्ति जनाएको छ । संसदीय समिति गठनको माग छल्न सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलको आइतबारको बैठकले निष्कर्ष निकालेको छ । अप्रत्याशित रूपमा संसद् बन्द गरेर सरकार संसदीय समिति गठनको मागबाट भागेको आरोप लगाउँदै कांग्रेसले उक्त मागालाई आगामी अधिवेशनको सुरुआतदेखि पुनः चर्काउने घोषणासमेत गरेको छ । कांग्रेस बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकारमा रहेका बहालवालामन्त्री समेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय…
Read More
राप्रपाको प्रदर्शनमा झडप हुँदा १८ प्रदर्शनकारी घाइते

राप्रपाको प्रदर्शनमा झडप हुँदा १८ प्रदर्शनकारी घाइते

२७ चैत्र, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा १८ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयकाले जानकारी दिएको छ । त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ…
Read More
संसदीय छानबिन समितिबाट कांग्रेस पछाडि नहट्ने संसदीय दलको निर्णय

संसदीय छानबिन समितिबाट कांग्रेस पछाडि नहट्ने संसदीय दलको निर्णय

२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको छ । मंगलवार संसद् भवनमा बसेको संसदीय दलको बैठकले कांग्रेस संसदीय छानबिन समिति बाट पछाडि नहट्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । संसदीय बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैर जिम्मेवार भएको ठहर पनि गरेको छ। नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले…
Read More
प्रमुख चार दलका शीर्ष नेताहरूसँग सभामुखले राखेको  छलफल बिना निष्कर्ष टुङ्गियो

प्रमुख चार दलका शीर्ष नेताहरूसँग सभामुखले राखेको छलफल बिना निष्कर्ष टुङ्गियो

२६ चैत्र, काठमाडौं - सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग राखेको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । कांग्रेसले निरन्तर सदनमा सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताका विषय राख्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आएका सभामुख घिमिरेले आइतबार सदनमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका प्रमुख नेताहरूलाई छलफलमा बोलाएका थिए । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारीको रकम अपचलन गरेको सम्बन्धी आरोप छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने र सत्ता पक्छले नबनाउने अडान कायम राखेपछी छलफल बिना निष्कर्ष टुङ्गिएको हो । छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका…
Read More
प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा ३२ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा ३२ जनाको मनोनयन दर्ता

२४ चैत्र, काठमाडौं - प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएसँगै ३२ जनाको मनोनयन दर्ता भएको छ । आगामी बैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएका छन् भने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । आयोगले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ । 'प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहनु…
Read More
उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने केपी शर्मा ओलीको विश्वास

उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने केपी शर्मा ओलीको विश्वास

१७ चैत्र, काठमाडौं -  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले उपनिर्वाचनमा काँग्रेसलाई जिताउन नमिल्ने भन्दै ‌एमाले सत्तासाझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम- २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने तर्क ब्यक्त गरे । साथै उनले यस उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी पनि गरे । २०७९ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतलाई स्मरण गर्दै ओलीले आगामी उपनिर्वाचनमा माओवादीले एमालेका उम्मेदवारलाई…
Read More
सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लागाएका छन् : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा

सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लागाएका छन् : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा

१७ चैत्र, दाङ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा गठबन्धन नगर्ने बताएका छन् । ‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा शनिबार दाङ पुगेका महामन्त्री थापाले सम्बोधन गर्दै कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताएका हुन्। ‘अबको चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले कलम, गिलास, हँसिया हथौडामा भोट हाल्नु पर्दैन,' उनले भने। गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताए। ‘काँग्रेसका मतदाताले रुख बाहेक अन्त कतै भोट कसैले हाल्ने छैनन्, सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला,’ उनले भने। थापाले त्यसका लागि बरू पार्टीभित्र अभूतपूर्व एकताको खाँचो…
Read More
सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता  लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको निर्देशन

१६ चैत्र, काठमाडौं - नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी छन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन कायम राख्ने वा बाहिरिने भन्नेमा आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी अध्यक्ष शुक्रबार दलका नेतालाई पत्र लेख्दै उक्त निर्देशन दिएकी हुन् । ‘१४ गते बुधबार टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएअनुसार सोहीबमोजिम सरकारबाट समर्थन फिर्ता लिन, सरकारबाट बाहिर आउन निर्देश गर्दछु,’ शुक्रबार उनले लेखेको पत्रमा उल्लेख छ, ‘अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’ यसअघि बैठकको निर्णय सार्वजनिक भएलगत्तै प्रदेशसभामा पार्टीका संसदीय दलका…
Read More
अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ : गगनकुमार थापा

अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ : गगनकुमार थापा

१५ चैत्र, नवलपरासी - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवाद यात्रालाई निरन्तरता दिएका छन् । बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गरेका हुन् । संवाद यात्रा सुरु गर्दै थापाले जनताको आधारभूत आवश्यकतामा राजनीति नगर्ने विषयमा सरकार र प्रतिपक्ष दुवै सहमत हुनुपर्ने बताए । वर्तमान सरकार लामो समय नटिक्ने बताउँदै जनताको आधारभूत आवश्यकताको विषयमा राजनीति नगर्न आग्रह गरे । ‘अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ,’ उनले भने, ‘राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search