Epost Nepal

संसद्को हिउँदे अधिवेशन अन्त्य: कांग्रेसले संसदीय छानबिन समितिको माग आगामी अधिवेशनमा पनि उठाउँने

३ बैशाख , काठमाडौं – सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति माग गरिरहेका बेला अधिवेशन अन्त्य गर्नुलाई कांग्रेसले आपत्ति जनाएको छ ।

संसदीय समिति गठनको माग छल्न सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलको आइतबारको बैठकले निष्कर्ष निकालेको छ ।

अप्रत्याशित रूपमा संसद् बन्द गरेर सरकार संसदीय समिति गठनको मागबाट भागेको आरोप लगाउँदै कांग्रेसले उक्त मागालाई आगामी अधिवेशनको सुरुआतदेखि पुनः चर्काउने घोषणासमेत गरेको छ ।

कांग्रेस बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकारमा रहेका बहालवालामन्त्री समेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयमा स्वयं सत्तापक्षकै सांसदले पनि सरकारको ध्यानाकर्षण गरेका थिए । तर सरकार बहुसंख्यक सांसदले उठाएका जनसरोकारका यी विषयमा गम्भीर, सार्थक संवाद गरी निष्कर्षमा पुग्नुपर्नेमा बेवास्ता गर्दै संसद्बाट भाग्ने काम गरेको छ ।’

संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उक्त मागलाई निरन्तर उठाइरहने स्पष्ट पारेका छन् । ‘यो लाखौं सहकारीपीडितको अर्बौं बचत हिनामिनाको विषय हो । यस्तो गम्भीर विषयलाई छल्ने उद्देश्यले सरकारले संसद् नै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले भने, ‘सरकार सहकारीपीडित र सुशासनको पक्षमा नरहेको तथा गैरजिम्मेवार रूपमा प्रस्तुत भएको पुष्टि हुन्छ । तर, कांग्रेस दृढतापूर्वक आवाज उठाइरहन्छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search