Epost Nepal

प्रमुख चार दलका शीर्ष नेताहरूसँग सभामुखले राखेको छलफल बिना निष्कर्ष टुङ्गियो

२६ चैत्र, काठमाडौं – सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग राखेको छलफल बिना निष्कर्ष टुङ्गिएको छ ।

कांग्रेसले निरन्तर सदनमा सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताका विषय राख्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आएका सभामुख घिमिरेले आइतबार सदनमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका प्रमुख नेताहरूलाई छलफलमा बोलाएका थिए ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारीको रकम अपचलन गरेको सम्बन्धी आरोप छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने र सत्ता पक्छले नबनाउने अडान कायम राखेपछी छलफल बिना निष्कर्ष टुङ्गिएको हो ।

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियारको सहभागिता रहेको थियो ।

कांग्रेसका तर्फबाट विषयवस्तु राखेका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्रीमाथि भएका प्रमुख प्रतिपक्षका आशंका दूर गर्नका लागि भएपनि संसदीय छानबिन समिति बनाउनैपर्ने अडान राखेका थिए ।

सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले उठाइरहेको विषय संसदीय छानबिन गर्नुपर्ने खालको नभएको बताएका थिए । बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका तर्फबाट उपाध्यक्ष पौडेलले कांग्रेसले उठाइरहेका विषयमा संसदीय छानबिन समिति गठन गर्न नसकिने भएकाले प्रतिपक्षले आफ्नो मागमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search