Epost Nepal

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने छ : डा. शेखर कोइराला

३ बैशाख , काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इलाम–२ को उपनिर्वाचन प्रतिष्ठाको विषय बनेको बताएका छन् ।

प्रचारका लागि सोमबार इलाम पुगेका कोइरालाले पार्टी एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिनुपर्ने बताए ।

“कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ । यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको बिषय भएको छ । जित्नैपर्छ,” कोइरालाले भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने उनले बताए । पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न उनको आग्रह छ । आकांक्षी जतिजना भए पनि टिकट एकजनालाई दिनुपर्ने भएकाले अरुले चित्त दुखाउन नहुने कोइरालाले बताए । आफैँ उमेदवार भए जसरी निर्वाचनमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search