Skip to main content

Epost Nepal

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

मंसिर २६, काठमाडौं — पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्।

निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार जिपमा सवार तीन जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ।

दुर्घटनामा घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि पूर्वी नवलपरासीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको चौधरीले जानकारी दिए। दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *