Skip to main content

Epost Nepal

सरकार ढल्ने कुरा गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको छ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

१० कात्तिक, काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले सय दिनमा लक्ष्यअनुसारको काम गर्न नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले देशको विकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपनि सरकारले लक्ष्यअनुसारको काम गर्न नसकेको बताएका हुन् ।

उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे । सरकार ढल्ने कुरा गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने बताए ।

कांग्रेसको मुख्य प्रतिष्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ । कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउनु उचित नहुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *