Skip to main content

Epost Nepal

इन्स्टाग्राममा अब सन्देश पठाएपछि पनि सम्पादन गर्न मिल्ने

७ पुस, एजेन्सी – मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरूको लागि सन्देशहरू सम्पादन गर्नमिल्ने अपडेट जारी गरेको छ।

अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुक जस्ता सन्देशहरू सम्पादन गर्न सक्छन्। इन्स्टाग्रामले यस फिचरको बारेमा धेरै पहिले जानकारी दिएको थियो र लामो समयदेखि यो फिचरको परीक्षण चलिरहेको थियो ।

तपाईंले सन्देशलाई जहिले पनि सम्पादन गर्न सक्नुहुने छैन, इन्स्टाग्राममा पठाइएको सन्देश सम्पादन गर्नको लागि समय सीमा तोकिएको छ। नयाँ अपडेट अनुसार, तपाईंले पठाइएका सन्देशहरू पठाएको १५ मिनेटसम्म सम्पादन गर्न सक्नुहुनेछ। यो सुविधा व्हाट्सएप, फेसबुक र टेलीग्राम मा लामो समय देखि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *