Skip to main content

Epost Nepal

कोरियन भाषा परीक्षा (इपीएस)का लागि शुक्रवार १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्।

७ पुस, काठमाण्डौं – हिजो अन्तिम दिन राति १२ बजेसम्म १ लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिएका छन्।

पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *