Epost Nepal

सरकारद्वारा दाताको सहयोगमा बाघ गणना सुरु

१ पुष, काठमाडौं — नेपाल सरकारले क्यामेरा ट्र्यापिङ विधिबाट आजदेखि बाघ गणना सुरु गर्दैैछ । बाघ गणना तीन महिनासम्म चल्ने छ ।

बाघको वर्तमान अवस्था पत्ता लगाउन प्रत्येक चार वर्षमा बाघ गणना हुने गर्दछ । सोही अनुसार आज पुस १ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट बाघ गणना सुरु हुन लागेको हो ।

चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लाझाडी क्षेत्रमा बाघ गणना हुनेछ । त्यसका लागि विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई ३ ब्लक, बाँके र बर्दियालाई ४ ब्लक र शुक्लाफाँटा तथा लालझाडीलाई १ ब्लकमा विभाजन गरिएको छ । बाघ गणनाका लागि एउटै ब्लकमा दुई सयदेखि साढे दुई सय वटासम्म अटोमेटिक क्यामेरा जडान गरिएको छ ।

प्राविधिकहरुका अनुसार बाघ हिँड्ने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको छ । क्यामेरा अगाडि बाघ आउँदा अटोमेटिक फोटो खिचिन्छ । फोटोमा देखिएको बाघको पाटा हेरेर बाघको संख्या पत्ता लगाइन्छ । किनकि एउटा बाघको पाटा अर्को बाघको पाटासँग मिल्दैन ।

नेपालमा पछिल्लोपटक सन् २०२१ मा बाघ गणना भएको थियो । त्यसको नतिजा सन् २०२२ मा सार्वजनिक भएको थियो । त्यतिबेला नेपालमा ३ सय ५५ वटा बाघ रहेको निष्कर्ष निकालिएको थियो ।

सबैभन्दा धेरै चितवनमा १ सय २८ ,बर्दिया १ सय २५, पर्सामा ४१, शुक्लाफाँटा ३६ र बाँकेमा २५ वटा बाघ रहेको नतिजा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search