Epost Nepal

छानबिनको क्रममा अमुक व्यक्तिलाई कार्बाही र सफाइ दिनुपर्छ भन्नेछैन: नेकपा एमालेका महासचिव शंकर पोखरेल

४ कात्तिक, काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि चलिरहेको अनुसन्धान संसद्को समेत साझा सरोकार विषय भएकाले यसलाई सरकारविरुद्ध जोड्न  नमिल्ने बताएका छन् ।

संसदीय छानबिन विशेष समितिले समेत औंल्याएको विषयमा सरकारी निकायले अनुसन्धान अघि बढाउँदा रास्वापाका नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेपछि पोखरेले यस्तो धारणा राखेका हुन् ।

रास्वपाका सांसद समेत सहभागी भएको संसदीय समितिले लामिछाने तत्कालीन गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएका बेला सहकारीको रकम अपचलन गरेको निष्कर्ष निकालेको थियो । उक्त निष्कर्ष र पीडितहरूको उजुरी समेतको आधारमा प्रहरीले लामिछानेमाथि ठगी र संगठित अपराधमा अनुसन्धान अघि बढाएको हो ।

एमालेको सचिवालय बैठकपछि महासचिव पोखरेलले लोकतन्त्रमा जनप्रतिनिधिमुलक संस्था सर्वोच्च हुने भएकाले यसलाई सबैले मान्नुपर्ने बताए । ‘अनुसन्धानको आफ्नो प्रक्रिया हुन्छ । लोकतन्त्रमा जनप्रतिनिधसहरूो संस्था आफैंमा सर्वोच्च हो । संसदीय छानबिन समितिले औंल्याएका विषय सम्बन्धित निकायले अनुसन्धान गर्छन्’ महासचिव पोखरेलले भने,’संसद्को साझा सरोकारको विषय भएकाले यसमा सरकार भर्सेज हुनु आवश्यक छैन । जोकोही छानबिनको प्रक्रियामा आउनुपर्छ । छानबिनको क्रममा अमुक व्यक्तिलाई कार्बाही र सफाइ दिनुपर्छ भन्नेछैन ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search