२ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेमा हिमताल बिस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोटबाट भएको घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्च अधिकारीबाट आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । थामेको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्न लगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख गरिएको छ । क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे…
२ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रणाली उपयुक्त छ/छैन भनेर छलफल गर्ने बेला नभएको बताएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले यही व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्ने बताए । “हामीले स्थापना गरेको प्रणाली उपयुक्त छ कि छैन भनेर छलफल गर्ने पनि गर्ने बेला भएको छैन । बेला होइन यो,” उनले भने, “जे प्राप्त गरेका छौँ, त्यसलाई सुदृढ गर्ने, प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, सफल बनाउने र अगाडि जाने बेला हो ।” उनले लोकतन्त्र छाडा शासन नभएको बताए । नीति, कानुन मान्दिनँ भन्ने सनकका अभिव्यक्तिले कहीँ नपुर्याउने उनले उल्लेख गरे । “कुनै योगदान…
२ भदौ, काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी एमाले नभएको बताएका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरी तयारी गर्नुपर्ने बताएका हुन् । उनले जस्तोसुकै चुनौतिको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरु मोर्चाको खोजीमा रहेपनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ । कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरु मन्जु शर्मा चालिसे…