Epost Nepal

Day: २०८१ आश्विन ३०, बुधबार

धेरै कुरामा कम्प्रोमाइज हुन सक्दछ तर प्रणाली र लोकतन्त्रको कुरामा हुन सक्दैन: प्रधानमन्त्री केपी शर्मा ओली

धेरै कुरामा कम्प्रोमाइज हुन सक्दछ तर प्रणाली र लोकतन्त्रको कुरामा हुन सक्दैन: प्रधानमन्त्री केपी शर्मा ओली

३० असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् । ६९औं प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताए । एमाले र कांग्रेस गठबन्धनको सरकार लगभग दुई तिहाइको रहेको र त्यो बलियो छ भन्ने हेक्का राख्न पनि उनले आग्रह गरे । 'नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको…
Read More
नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा अगाडी बढेको छ: गृहमन्त्री रमेश लेखक

नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा अगाडी बढेको छ: गृहमन्त्री रमेश लेखक

३० असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा बुधबार आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गरेका थिए । नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले…
Read More
जग्गा दानबारे आएका टीकाटिप्पणी सार्वजनिक खपतका लागि मात्र: नेकपा एमालेले

जग्गा दानबारे आएका टीकाटिप्पणी सार्वजनिक खपतका लागि मात्र: नेकपा एमालेले

३० असोज, काठमाडौं - नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवनका लागि भाटभटेनी सुपरमार्केटका मालिक व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले स्वीकार गरेको बताएको छ । पार्टी कार्यालय भवन निर्माणमा विवाद उत्पन्न भएपछि एमालेले बुधबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो । एमालेले गुरुङसँग कुनै सौदाबाजी र लेनादेना नभएको भन्दै विचाराधीन मुद्दाको भागिदार पनि उनी स्वयं हुने बताएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्ति भनिएको छ ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका…
Read More
समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको चेतावनी

समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको चेतावनी

३० असोज, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनीसमेत दिएका छन् । मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला मन्त्री गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताए । बुधबार रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भमा मन्त्री गुरुङले मुलुकलाई अर्को द्वन्द्वमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पारे । ‘हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौँ ? प्रश्नहरू उठिराखेका छन् । यो समानुपातिक हटाउनु पर्‍यो भन्छन् । तर समानुपातिक हटायो भने हामी अर्को द्वन्द्वमा जान तयार हुनुपर्दछ, यो कुरा सबैले बुझ्नुपर्दछ,' उनले भने । कतै संसदीय शासन प्रणाली त कतै प्रत्यक्ष निर्वाचित…
Read More
चतुर्दशी र पूर्णिमा आजै परेकाले आज यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम

चतुर्दशी र पूर्णिमा आजै परेकाले आज यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम

३० असोज, काठमाडौं - आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराईले जानकारी दिए ।  यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको…
Read More
डडेलधुरामा रात्रिबस दुर्घटना: चार जनाको मृत्यु, १२ जना घाइते

डडेलधुरामा रात्रिबस दुर्घटना: चार जनाको मृत्यु, १२ जना घाइते

३० असोज, काठमाडौं - डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई  उपचारका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search