२० असोज, काठमाडौं - नेपालबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । विभागका अनुसार कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेको छ । अब केही दिनपछि नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ । 'मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ । र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,' विभागले भनेको छ । आइतबार पनि देशभरको मौसममा आंशिक देखि साधारणतया बदली रह्यो । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा…
२० असोज, काठमाडौं - नेपाली कांग्रेसले भारी वर्षाका कारण देशभर भएको ठूलो जनधनको क्षति, पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारलाई ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नेताहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको हो । कांग्रेसले एकताको नेपाली संस्कारअनुरुप सरकारले विस्तृत कार्ययोजना निर्माण गरी संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल समेतको ऐक्यबद्धता र साझा प्रयासमा अहिलेको प्राकृतिक विपद् सामना गर्न आग्रह गरेको छ । त्यस्तै, तिनै तहका सरकार र निजी क्षेत्र, नागरिक समाज, स्वदेशी तथा विदेशी गैरसरकारी संघ-संस्था, गैर आवासीय नेपाली समुदायसंग समन्वय र परिचालन गरेर…
२० असोज, काठमाडौं - प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बाढीपहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । श्रेष्ठले विपद्पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्ने बताएका थिए । विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल तयार रहेको श्रेष्ठले बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादीको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री…