Epost Nepal

Day: २०८१ आश्विन ६, आईतवार

सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई कास्की पुर्‍याइयो

सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई कास्की पुर्‍याइयो

६ असोज, काठमाडौं - सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्‍याएको छ । आइतबार अपरान्ह पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पुर्‍याएको हो । जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ । जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको थियो ।
Read More
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

६ असोज, काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ । साइबर अपराधसम्बन्धी उजुरीमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरेर अदालतमा उपस्थित गरिएको हो ।
Read More
अहिलेका उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहन्छ: माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

अहिलेका उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहन्छ: माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

६ असोज, काठमाडौं - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेका उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहने बताए । उनले भने, ‘संविधान संशोधनको जहाँसम्म कुरा छ, तीन वटै कोणबाट यसलाई हामीले विचार गरौँ । एउटा संविधान जारी गर्दाखेरि नै अहिलेसम्मको अनुभवको आधारमा हामी सबैले करिब करिब स्वीकार गरेको त्यही तार्किक संगति पनि नमिलेको केही पक्षहरु छन् । हामी सबै सहमत भएको अन्तरवस्तु । तर…
Read More
कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि हट्दै: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि हट्दै: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

६ असोज, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनले महिला र दलितको प्रतिनिधित्व बढाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा महामन्त्री थापाले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी समेत गरे । महामन्त्री थापाले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको र निर्वाचन प्रणालीबाटै सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने धारणा राखे । उनले कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने स्पष्ट पारे । उनले भने, ‘आज हामी १० वर्षको संविधानको अनुभवका आधारमा त्यसको पुनरावलोकन गर्नुपर्छ भनेका छौँ । साथै निर्वाचन…
Read More
सहकारी संस्थाका बचत रकम अपचलन प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशी पक्राउ

सहकारी संस्थाका बचत रकम अपचलन प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशी पक्राउ

६ असोज, काठमाडौं - सहकारी संस्थाका बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका छविलाल जोशी पक्राउ परेका छन् । कास्की प्रहरीको पत्रका आधारमा काठमाडाै‌ं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शं‍खमूलबाट पक्राउ गरेको हाे । संसदीय विशेष छानबिन समितिको प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोरखा मिडियाका संचालक जोशीसहित कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र संचालक कुमार रम्तेलविरुद्ध कारबाही सिफारिस गरिएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् ।…
Read More
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

६ असोज, काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री  लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न  निर्देशन  दिएका हुन् । प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ । यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको थियो ।
Read More
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

६ असोज, काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोले जानकारी दिएको छ । प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी छिन् । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search