२० भदौ, काठमाडौं - संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको ११ दिने न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ओली असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुँदैछ । त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । प्रधानमन्त्री…
२० भदौ, काठमाडौं - सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानहरूको बाँकी रकम दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । बिहीबारको मन्त्रिपरिषद्ले कृषि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ…
२० भदौ, काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङकाे प्रस्तावमा पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन् । उनले २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गरेकी थिइन् । २०७८ माघ १८ मा उनी नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो । पहाडीलाई असोज १६…
२० भदौ, सुर्खेत - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम गरिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी अध्यक्ष दाहाले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । ‘प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’ उनले भने, ‘त्यो लोकतान्त्रिक हुनै सक्दैन ।’ आफूहरूको आशय दुई दलीय व्यवस्था नभइ फरक विचारका दुई दल भए पुग्छ भन्ने…
२० भदौ, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन् । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरे । जनयुद्धलाई संविधानले सशस्त्र संघर्षका रुपमा सम्बोधन गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ’ भनेर लेखिएको स्पष्ट पारे । 'व्याख्यात्मक टिप्पणीमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्,' उनले भने, 'संविधानविपरीत बोल्ने…
२० भदौ, काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र…