३० साउन, धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३६ मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका प्राप्तिका लागि २७ मत भए पुग्छ । प्रदेश सभाको बैठकमा ४५ जना उपस्थित थिए । १० दिनअघि साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ मत पाएका हुन् । विपक्षमा ८ मत परेको छ । एकीकृत समाजवादीका ४ र माओवादीका ४ मत मत विपक्षमा परेको छ । माओवादीका १० सांसदमध्ये ६ जना अनुपस्थित रहेका थिए ।…
३० साउन, काठमाडौँ - प्रतिनिधिसभााबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) बहुमतले पारित भएको छ । बुधबार दिनभर छलफलपछि प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ (टीआरसी) पारित गरेको हो । बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासीयाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि छलफल सकिएपछि सभामुख देवराज घिमिरेले (टीआरसी) निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका हुन् । अब उक्त विधेयक राष्ट्रियसभाबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिनेछ । बैठकमा विधेयक प्रस्तुतअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । त्यसपछि…
३० साउन, काठमाडौँ - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको बताए । 'संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्,' पूर्वप्रधानमन्त्री दाहालले भने, 'हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको…
३० साउन, काठमाडौँ - नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाली रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा बोल्दै सभापति देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै बनेकाले पीडितहरूले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । 'संक्रमणकालीन न्याय टुंगोमा पुगेकोमा अन्तर्राष्ट्रियहरूले समुदायले नजिकबाट नियाली रहेका छन्,'देउवाले भने,' यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति गर्ने व्यवस्था गरेको छ। सबै पीडितहरूले न्यायको अनुभूति गर्नेछन् ।' उनले संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताए…
३० साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले टीआरसी विधेयक पास गरेर छोटो अवधिमा नेपालमा द्वन्द्वको अन्तिम किस्ताको व्यवस्थापन भइसक्यो भनेर दुनियाँलाई सन्देश दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट पारे । 'हाम्रो देशमा द्वन्द्व थियो । हामीले शान्ति प्रक्रिया अगाडि बढायौँ । यो प्रक्रिया हाम्रो आफ्नै हिषाबको मौलिक (होम ग्रोन) हो । कहिले धीमा गति र कहिले…