Epost Nepal

Day: २०८१ श्रावण २८, सोमबार

स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयोगका आयुक्तहरुबीच छलफल

स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयोगका आयुक्तहरुबीच छलफल

२८ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडाे समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरे। मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।
Read More
स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिएर अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रह

स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिएर अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रह

२८ साउन, काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिएर अघि बढाउन आग्रह गरेका छन् । सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री पाौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चित गर्न सकिनेबारे बताए । उनले ४० अर्ब हाराहारीमा बिमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउनेबारे प्रस्ताव गरे । मन्त्री पौडेलले भने, 'मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजना अन्तर्गतको…
Read More
युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक: राष्ट्रपति रामचन्द्र पौडेल

युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक: राष्ट्रपति रामचन्द्र पौडेल

२८ साउन, काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको बताएका छन् । राजधानीमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको स्पष्ट पारे । उनले भने,‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search