Epost Nepal

Day: २०८१ श्रावण ६, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा पाए दुई तिहाईको विश्वास मत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा पाए दुई तिहाईको विश्वास मत

६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत र विपक्षमा ७४ मत पर्‍यो भने मत दिन्न भन्नेमा १ मत परेको छ । प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय…
Read More
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए पदबाट राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए पदबाट राजीनामा

६ साउन, काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।
Read More
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

६ साउन, काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । उनले बहुमत प्राप्त हुने आधार नभएका कारण मार्गप्रशस्त गर्ने बताएका हुन् । 'महत्वपूर्ण कुराहरू प्रदेश सभामा रेकर्डमा दर्ज गर्नुपर्छ भनेर बैठकको माग गरेको हुँ। तर पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अवस्था बनिसकेको अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउँदैन। त्यसकारण विश्वासको मत नलिने र अहिलेको समीकरण अनुसार सरकार गठनका लागि  मार्गप्रशस्त गरिदिने निर्णय गरेका छौं,' उनले भने । प्रदेश सभा बैठकअघि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट उनलाई राजीनामा दिन सुझाएको थियो ।
Read More
राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको हो : कांग्रेस सभापति शेरबहादुर देउवा

राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको हो : कांग्रेस सभापति शेरबहादुर देउवा

६ साउन, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलका क्रममा उनले देश विकासका निम्ति स्थिर सरकार बनाउन आवश्यक भएको बताए । सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरे । संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएकामा उनले जोड दिए । संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने उनको भनाइ थियो । “संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ । यसको सबल पक्ष, दुर्बल पक्ष, जटिलताको समीक्षा गरी…
Read More
विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति

विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति

६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि १७ गते भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । 'हामी विचारमा प्रतिष्पर्धा गर्छौं । तर खास-खास समयमा कांग्रेस-एमालेबीचमा पनि सहकार्य भएको छ । अहिले पनि त्यसकै एउटा निरन्तरता हो,' प्रधानमन्त्री ओलीले भने, 'आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन र राजनीतिक स्थिरताका लागि हामीहरुबीच सहकार्य गर्ने सहमति भएको छ ।' प्रधानमन्त्री ओलीले सार्वजनिक…
Read More
लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ?: प्रधानमन्त्री केपी शर्मा ओली

लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ?: प्रधानमन्त्री केपी शर्मा ओली

६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई पश्चगमनको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले जसले जीवन बलिदान गरेर हिंसालाई सही बाटोमा ल्याउँदै तानाशाह फ्याँक्यो तिनै पार्टीले कसरी संविधान सिध्याउँछन् ? भन्दै प्रश्न गरे । उनले नेपालमा लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ? भन्दै थप प्रश्न गरे । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान खाने भए कसले बचाइदिन्छ ? भन्ने प्रश्न पनि गरे । “संविधान संशोधन गर्नु पश्चगमन भनेको सुनेको छु । लोकतन्त्र शब्द कसले सुनायो नेपालमा ? कांग्रेस–कम्युनिस्टले होला नि,” उनले भने, “यी नै पार्टी संविधान खाने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search