३१ असार, काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उनले सो निर्देशन दिएकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराएका थिए। ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउन र एक वर्ष भित्र इन्डिकेटरको हिसावले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताए। प्रधानमन्त्री ओलीले विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि…
३१ असार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । सोमबार प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् । कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । यी हुन् सोमबार शपथ लिएका २१ मन्त्रीहरु– १. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २. विष्णु पौडेल –…
३१ असार, काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । सोहीअनुसार नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।