२६ असार, काठमाडौं - मौसम पूर्मानुमान महाशाखाले असार २६ गते बुधबार देखि आगामी असार २९ गते शनिबार सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण सिमाना आसपास) छ । आज बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने…
२६ असार, काठमाडौं - एमाले र कांग्रेसबीच हुने आगामी सरकार संविधानको कुन व्यवस्थाअनुसार आह्वान गर्ने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले आफूले संसद्मा विश्वासको मत लिने र त्यसपछि संविधानको कुन व्यवस्थाअनुसार सरकार गठन हुने भन्नेमा विवाद रहेको बताए । 'संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने कि संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने भन्नेमा बहस छ, मत विभाजित छन्,' दाहालले भनेका थिए, 'अन्ततः राष्ट्रपतिको विवेकमा भर पर्छ ।' संविधानको धारा ७६ को उपधारा २ मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी…
२६ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए । 'सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा श्रेष्ठको राय एउटै छ । राजीनामा दिने कि नदिने कुरामात्रै उहाँहरूको राय माझिएको हो । सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने नजिर स्थापित गरेको छ,' बुधबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भने । उनले सहकारी ठगीसम्बन्धी जाहेरी कतै नपरेको रवि लामिछानेको दाबी अदालतले गलत…