Epost Nepal

हाइकिङ किन गर्ने ?

हाइकिङ किन गर्ने ?

हाइकिङ किन गर्ने ?

हाइकिङ भनेको दैनिक दिनचर्याबाट मुक्त हुँदै साथीहरूसँग रमाइलो गर्दै एउटा लामो यात्रामा हिँड्नु हो । प्रकृतिको सुन्दरतासँग रमाइलो गर्दै जीवनको बेग्लै आनन्दको अनुभूति गर्नु हो । अहिलेको तनावपूर्ण जीवनमा हाइकिङ, स्वास्थ्य र तनाव व्यवस्थापनको लागि सबैभन्दा राम्रो जीवन पद्धति हो । एउटा लामो पदयात्राले तनाव व्यवस्थापन मात्र होइन, मनमा शान्ति र आनन्दको अनुभूति हुन्छ । तनावले मानिसलाई टाउको दुख्ने, थकाई लागिरहने, पेट खराब हुने, निद्रा नलाग्नेजस्ता समस्याहरू देखिन्छन् । यस कारण पनि तनाव व्यवस्थापन एकदम महत्त्वपूर्ण विषय हो । त्यसको लागि हाइकिङ एउटा उत्तम जीवन शैली हुन सक्दछ । हाइकिङ मुटुको लागि सबैभन्दा राम्रो कसरत हो । त्यसका साथै यसले…
Read More
हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

काठमाडौँ ।‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यती सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले प्रश्न गर्नुभयो । अखिल छैठौ राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेलाको आश्विन १२ गते त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा वहाँले सो धारणा राख्नुभएको हो । ‘शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई नष्ट गरे । निजीकरण र व्यापारीकरण गरेर शिक्षा प्रणाली ध्वस्त भएको अवस्था छ ।’ नेता के.सी.ले भन्नुभयो –‘अहिले शिक्षाको जिम्मेवारी, निजी संस्था र व्यापारीहरूलाई छ । अनि शिक्षा, सर्वसाधारणको पहुँचमा कसरी पुग्छ ?’ प्रधानमन्त्री पुष्पकमल…
Read More
मेरी आमा र मेरो जन्मभूमि

मेरी आमा र मेरो जन्मभूमि

* खगेश्वर ढकाल पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् । कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि…
Read More
सहरमा एक दिन

सहरमा एक दिन

* हरिहर खनाल मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्‍यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको…
Read More
धर्मनिरपेक्षताको अर्थ बुझेनौ कि ?

धर्मनिरपेक्षताको अर्थ बुझेनौ कि ?

नेपाल धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्षताको अर्थ हामीले बुझेनौ कि ? पत्रकार जीवराम भण्डारी ट्विट गर्दै लेख्नुहुन्छ, 'धर्मनिरपेक्षतामा गौरव गर्ने राजनीतिक दलका अगुवा राष्ट्रपति ,प्रधानमन्त्री ,नेता पक्ष ,प्रतिपक्ष उनीहरू मठ मन्दिरमा किन धाइरहेका छन् । राष्ट्रपति देखि प्रधानमन्त्री ,मन्त्री किन मन्दिर दौडी रहेका छन् ? हिजो गल्ती गरेछौँ भन्ने महसुस गरेको वा फेरि अर्को छलछामको प्रयत्नमा लागेको ?' धर्मनिरपेक्षता मुलुकमा पूजा गर्न नै नपाइने हो त ? धर्मनिरपेक्षता भनेको नास्तिक हुनु भनेको हो त ? त्यस्तो पटक्कै होइन । धर्मनिरपेक्षतामा आफ्नो आस्था अनुसार पूजा गर्न पाइ हाल्छ नि । धर्मनिरपेक्षतामा राज्य, धर्मको सन्दर्भमा तटस्थ हुनुपर्‍यो भनेको मात्र हो । राज्यले कुनै…
Read More
स्वर्गमा : चुरोटको व्यापार

स्वर्गमा : चुरोटको व्यापार

* मेघराज ओली आमाले हैन प्राय बाले पैसा कमा केही काम गर भनी भनी बाको धर्म निभाए। कर्म धेरै अनेक प्रयासमा नतिजा एक बराबर बिग्रेको राइफलको नतिजा युद्धको सोध्छन् मेरा बा एक व्यापार गर भन्छन् मेरा बा पैसा कमा भन्छन् मेरा बा। अब कम्प्याक्ट गर्ने प्रोफिटमा गर्ने भनी स्वर्गमा चुरोटको डिलर खोले ग्राहकहरू राम्रो छ देवकोटा,पारिजात,वि.पी सब मेरा ग्राहक छन्.. ( पारिजातले चुरोट सल्काउँदा ......धर्तीको सबै भन्दा कामुक नारीको याद नआएको हैन....... हातका औँलाले सकम्बरिको याद नदिलाएको हैन......) दुःख छ ती सबको नाम मात्र खातामा छन् सबै गुलाबका फूलको थुङ्गा प्रेमीकाको हातमा कहाँ पर्छ र। बा भन्छन् व्यापार कस्तो छ…
Read More
१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

चीनमा जारी १९औँ एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मङ्गोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । महिला टिमको खेलमा भने नेपाल मालदिभ्ससँग ३–१ ले पराजित भएको छ । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गल–साइखानलाई २१–८, २१–१४ तथा सुनिल जोशीले मङ्गोलियाकै अर्का खेलाडीलाई २१–११, २१–७ को सोझो सेटमा पराजित गरे । तर विष्णु कटुवाल भने पराजित भए । तेक्वान्दोसहित, जुडो, सुटिङ, उसु, साइक्लिङ, रग्बी (पुरुष) र पुरुष भलिबलमा नेपालको खेल समाप्त भइसकेको छ ।
Read More
सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर 

सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर 

      काठमाडौँ : इस्लाम धर्म अनुसार तीन पटक तलाक भनेकै आधारमा सम्बन्ध विच्छेद भएको मानिने परम्परा रहे पनि सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको छ।सर्वोच्चको संयुक्त इजलासले मुस्लिम समुदायमा कायम रहेको तलाकलाई सम्बन्ध विच्छेद मान्न नसकिने व्याख्या गर्दै कानुनी रूपमा सम्बन्ध विच्छेद नभई अर्को विवाह गरे बहुविवाह हुने ठहर गर्दै पुरुषलाई सजाय समेत सुनाएको छ। २०७९ चैत २६ गते टङ्कबहादुर मोक्तान र हरि फुयाँलको संयुक्त इजलासबाट एक मुद्दामा फैसला आएको थियो। तर पुर्णपाठ हालै सार्वजनिक भएको हो। पूर्ण पाठमा इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदलाई प्रचलित नेपाल कानुनले मान्यता नदिएको र सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन…
Read More
सुनारनी फुपूको स्तनपान गर्दै हुर्किएका चित्रबहादुर

सुनारनी फुपूको स्तनपान गर्दै हुर्किएका चित्रबहादुर

गोठालो जीवन वि.सं.१९९७ साल माघ २० गते बागलुङको मल्म गाविस, गल्याङमा जन्मिए, चित्रबहादुर के.सी. । बुवा नरेश्वर उपाध्याय र आमा पार्वती के.सी.को कोखबाट माइलो छोरोको रूपमा जन्मिएका चित्रबहादुरको बाल्यकाल, गोठालो भएरै बित्यो । घरभन्दा केही टाढा रहेको गोठमा १२÷१३ वटा गाई गोरु स्याहार सुसार गर्ने जिम्मेवारी थियो, उनलाई । उनी भन्छन्, ‘८ वर्षको उमेरमा गाई गोठाला भए । दिनभरि जङ्गलमा गाई चराउन जान्थे । अनि बेलुका सबैलाई गोठमा हुल्थे ।’ फुच्चे ८ वर्षको केटोलाई गाई गोरु बाँध्न निकै कठिनाइ हुन्थ्यो । अनि वरिपरि बाटोमा हिँड्ने मानिसलाई रोइ कराई गुहार्थे, उनी । एक दिन जङ्गलमा गाई गोरु चराउन गएको बेला पानीमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search