२२ पुस, काठमाडौं — वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यु स्थानीय प्रशासनले यथावत् राखेको छ। प्रारम्भमा कर्फ्यु सोमबार साँझदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि लगाइएको थियो भने पछि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अवधि थप गरिएको हो। यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागू गरिए पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु लगाइएको थियो। कर्फ्यु क्षेत्र वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ। धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए। त्यसको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति…
२२ पुस, काठमाडौं — नेकपा एमालेले राष्ट्रिय सभाका ७ सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ । सोमबार सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिटमा एमालेको दाबी रहेको जानकारी दिए । तर, क्लस्टरका आधारमा उम्मेदवार तय गर्ने प्रक्रिया भने अझै बाँकी रहेको उनले बताए । उनका अनुसार, उम्मेदवार टुंग्याउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने सहमति भएको पनि उनले स्पष्ट पारे । ‘हरेक प्रदेशबाट एक…
२२ पुस, काठमाडौं — सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ । २१ फागुनमा तय प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने व्यवस्था मापदण्डमार्फत गरिएको हो । गृह मन्त्रालयका अनुसार निर्वाचन प्रहरीलाई १० दिनको तालिमपछि ३० दिन कार्यस्थलमा खटाइनेछ । स्वीकृत मापदण्डअनुसार नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायतका सेवा–सुविधा…
२० पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ। समारोह काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने तयारी छ। आजै मात्र नागरिक उन्मुक्ति पार्टी छोडेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गर्न लागेका छन्। त्यस्तै, अन्य थरूहट र थारूवान नेताहरू पनि रास्वपामा आबद्ध हुन तयारी गर्दैछन्। पार्टी प्रवक्ता मनिष झालेका अनुसार, ‘नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट–थारूवान/अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत राजनीतिक समायोजन घोषणा सभा हुने छ।’ यसअघि रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग पनि सम्झौता गरेको थियो।
२० पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन्। देउवा निवास महाराजगञ्जमा आयोजित बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरु छलफल गर्न उपस्थित हुनेछन्। देउवाका निकटका एक पूर्व पदाधिकारीका अनुसार, दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा विचार-विमर्श हुने बताइएको छ। पार्टीभित्र विशेष महाधिवेशन गर्ने पक्ष र महाधिवेशन हुन नसक्ने पक्षबीच मतभेद छ। कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने तालिका पारित गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्। कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। तर, विशेष…
२० पुस, काठमाडौं — राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भई घर फर्किंदै गरेका विद्यार्थी सवार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका–१ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटनामा परेको हो । दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विकको ज्यान गएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए । मृतक दुवै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन् । यसै दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरीका १५ वर्षीय हिमाल विक,…
२० पुस, काठमाडौं — भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि रोड्रिगेजले उक्त जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक भएको जनाएको थियो । अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो…
१८ पुस, काठमाडौं — सर्वोच्च अदालतले पुस मसान्तसम्म अदालतका सेवाग्राहीलाई गुज्रिएको म्याद लिन पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा विचाराधीन रहेका धेरै मुद्दाका फाइलहरू नष्ट भएपछि कतिपय सेवाग्राहीले म्याद लिइसकेका थिए भने कतिपयको म्याद गुज्रिसकेको अवस्था थियो। म्याद गुजारेका सेवाग्राहीको हकमा अन्योल देखिएपछि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले यस विषयमा निर्णय गरेको हो। अदालतले आन्तरिक प्रतिवेदनमाथि छलफल गर्दै अदालतबाट सूचना प्रकाशित भएको ६० दिनभित्र म्याद बुझ्न पाउने व्यवस्था मिलाएको छ। आगजनीबाट अधिकांश मुद्दाका मिसिल जलेर नष्ट भएकाले यसअघि सर्वोच्च अदालतले हदम्याद, म्याद र तारिखका लागि मंसिर मसान्तसम्मको समयसीमा तोकेको थियो। त्यतिबेला जलेका कागजात, प्रमाण…
१८ पुस, काठमाडौं — जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंसको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रमुख दलका दुई शीर्ष नेताहरूलाई म्याद भित्र पत्र बुझ्न आग्रह गरेको थियो। प्रारम्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले' पत्र बुझ्न अस्वीकार गरेका थिए। आयोगले उनीहरूलाई आफ्नो धारणा राख्न पत्र पठाएको थियो र व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) मार्फत समन्वय गरेर पत्र बुझाउने प्रयास गरिएको थियो। तर देउवाले २४ भदौको आगजनीमा आफू पीडित भएको र घर नष्ट भएकाले अन्यत्र बस्नु परेको, त्यसबेला जेनजी आन्दोलनमा आफू राज्यको भूमिकामा नरहेको भन्दै किन बयान दिनुपर्ने भनी प्रश्न गरेका थिए।…
१८ पुस, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिंकर विदेश पठाइएको हो। गत आर्थिक वर्षको समान अवधिमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। यस वर्षको पाँच महिनामा क्लिकंर निर्यात २९ करोड ९७ लाख रुपैयाँको र सिमेन्ट ८९ करोड ६६ लाख रुपैयाँको भएको विभागले जनाएको छ। सम्पूर्ण गत आर्थिक वर्षमा नेपालले २ अर्ब ९१ करोड रुपैयाँ बराबरको सिमेन्ट…