Epost Nepal

देउवा निकटका नेताहरु, आज महाधिवेशनबारे छलफलमा जुट्दै

२० पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन्।

देउवा निवास महाराजगञ्जमा आयोजित बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरु छलफल गर्न उपस्थित हुनेछन्। देउवाका निकटका एक पूर्व पदाधिकारीका अनुसार, दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा विचार-विमर्श हुने बताइएको छ।

पार्टीभित्र विशेष महाधिवेशन गर्ने पक्ष र महाधिवेशन हुन नसक्ने पक्षबीच मतभेद छ। कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने तालिका पारित गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्।

कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। तर, विशेष महाधिवेशनको पक्षधरहरु यही महिनाको अन्तिम साता उक्त महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search