२६ असोज, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शनिबार सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा दिइसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरू गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई राष्ट्रपति पौडेलले टीका लगाइदिने छन् । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौं मानिस लाममा बसेको जनाइएको छ । विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् ।-रासस
२६ असोज, काठमाडौं - यस वर्षको मनसुन शनिबारदेखि पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० देखि बाहिरिन सुरू गरेको मनसुन शनिबारबाट पूर्ण रूपमा बहिर्गमन भएको हो । शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो । यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिक रूपमा मनसुन बाहिरिएको थियो। शनिबार भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो ।…
२६ असोज, काठमाडौं - विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइदिएका छन्"। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा लगाइदिएका हुन् । टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारी लगायत राष्ट्रपति कार्यालय शितलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यसैगरी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु…
२४ असोज, काठमाडौं - नेकपा एमालेले लोकतन्त्र,गणतन्त्र,संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले समाजमा निराशा, नकारात्मकता,विद्वेष फैलाउने प्रवृत्ति देखापरेको भन्दै देश बनिरहेको छ भन्ने सकारात्मक सन्देशकासाथ लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले हालैको बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना,राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन,कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान समेत गरेको उनले बताए । सचिवालय बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कार्तिक २२ गतेसम्म तल्ला कमिटीले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा…
२३ असोज, काठमाडौं - नेपाल राष्ट्र बैंकले दसैंतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ । नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि…
२३ असोज, काठमाडौं - त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे खण्डको विकल्पमा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनले धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग गर्न थालेका छन् । खासगरी यही असोज दोस्रो साताको अविरल वर्षापछिको पहिरोबाट उक्त सडक झण्डै तीन दिन अवरुद्ध भएपछि स–साना सवारी साधनले वैकल्पिक मार्गका रूपमा सीतापाइला–धार्के र टोखा–छहरे–गल्छी सडकलाई प्रयोग गर्न थालेका हुन् । हिजोआज अधिकांश साना सवारीसाधन (हाइस, जीप, कार) सीतापाइला–धार्के तथा टोखा–छहरे–गल्छी हुँदै पृथ्वी राजमार्गमा निस्कने गरेका छन् । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइको छ । सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा पुगिन्छ । नागढुंगा–नौबिसे खण्डको विभिन्न स्थानमा सडक भत्केको तथा काठमाडौंबाट बाहिरिने सवारी साधनको चापका कारण अत्यधिक जाम हुन थालेपछि…
२३ असोज, काठमाडौं - यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ । सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न सो लागत अनुमान गरेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्याएको जानकारी दिए । “स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुंगे पुल आंशिक क्षति र ३२ झलुंगे पुल पूर्ण रूपमा क्षति पुगेको…
२३ असोज, काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…
२२ असोज, काठमाडौं - काठमाडौं उपत्यकामा मेलम्चीको पानी पठाइएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । केयूकेएलका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले खानेपानी मन्त्रीसहित सरकारी अधिकारी र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा भएको छलफलले समझदारी गरेर सुन्दरीजलमा पानी पथान्तरण गरिएको र त्यहाँबाट काठमाडौं उपत्यकामा पठाइएको बताए । मेलम्चीबाट…
२२ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् । लगानी बोर्डको ५९औं बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरे । 'हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ,' उनले भने, 'यताबाट उता फाइल पठाउने र अध्ययन/विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा…