काठमाडौँ, १९ असोज । राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानुन विपरीत भएको जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएका हुन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने भनी स्पष्ट कानुनी व्यवस्था छ। यस विपरीत सरकारले संविधान दिवसको दिन नेपालगन्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगललाई माफी मिनाहा दिएको देखिएको आयोगले जनाएको छ। जिल्ला अदालत, बाँकेले ११ वैशाख २०७५ मा गरेको फैसलामा मानन्धरलाई घेरा हाली…
नुवाकोट, १९ असोज । मेघाङ गाउँपालिका-२ बुङताङबाट भरुवा बन्दुक २ थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् । सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरुवा बन्दुक मर्मत गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बन्दुक मर्मत गर्न ल्याउने दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खड्क सुनार मुगु, १९ असोज । मुगुमा बर्सातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरू नेपालगन्जमै थन्किएका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै…
काठमाडौँ, १९ असोज । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो। बिहीबार राति साढे ७ बजे काठमाडौँ महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र.–३–०१–००१ग ३७०५ नम्बरको ७.५ ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो। सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र –०२ –०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीय आकृति शर्माको मृत्यु भएको हो । ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले…
* मोहनविक्रम सिंह मलाई हाँसो लाग्छ, जब भन्छ अन्धकारले आई,– ‘मैले रोक्दछु प्रकाश लाई, शून्य पारी सूर्यको तेज–राशि, अन्धकारमय, बनाउँछु विश्वलाई ! मैले कसरी पत्याऊँ ? जब ती गगन चुम्बी महलहरूले, गुलाफी गाला, सुकोमल शरीर, धडकी रहेका छातीहरूले गर्न थाल्दछन् भयङ्कर गर्जना, मानवताको भर्त्सना, क्रान्तिको विस्फोट रोक्दछौँ भनी ’फु’ गरी निभाई प्रज्वलित अग्नि ज्वालालाई सडे–गलेका दीवारहरू जोगाउँछौँ भनी रूख पात र ढुङ्गा पनि हाँस्दछन्, जब भन्छन् गोली तोप र एटमले ’संहार गर्छौ मानवतालाई, दिशा दिशामा फैलाई दानवी जाल, भस्म गर्दछौँ– आजादी शान्ति र प्रगतिका अङ्कुरहरूलाई चन्द्र–सूर्य पनि बादल भित्र लुक्दछन्, जब भन्छन् जेलका अग्ला दीवार र फलाम जन्जिरहरूले, बन्दीहरूमाथिका प्रताडना…
लन्डन, १९ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ । जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन् । यसपछि उनलाई जेलमा राखिनेछ । डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र…
काठमाडौँ, १९ असोज । एमाले सांसद रघुजी पन्तले बढिरहेको महँगीले जनतालाई नजिकिएको दसैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महँगीले थलिएका जनताले यसपालिको दसैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महँगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उनको कटाक्ष थियो । कविताको शैलीमा तरकारी र खाद्यान्नको भाउ महँगिएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेँडाले के…
काठमाडौँ, १९ असोज । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल कांस्य पदकमा सीमित भएको हो ।
काठमाडौँ, १९ असोज । यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रवार असोज १९ गते बस्दै छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेस हुनेछ । हकप्रद निष्कासन पश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक…