Epost Nepal

Breaking News 3

कांग्रेसभित्र थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको छ: गगनकुमार थापा

कांग्रेसभित्र थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको छ: गगनकुमार थापा

१० असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको बताए । सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । 'नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ-गाउँबाट खोज्न आवश्यक छ । किनभने कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन । काँग्रेसभित्रको फोहोर सफा…
Read More
जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति कांग्रेसको आशंका

जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति कांग्रेसको आशंका

९ असार, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको आरोप लागेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर  दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष कांग्रेसले आशंका व्यक्त गरेको छ । जीबी राई मलेसियामा रहेको कुरा र त्यहाँ कुन ठाउँमा रहेको भन्ने कुरा पत्ता लागेको भनेर गृहमन्त्री लामिछानेले सार्वजनिक अभिव्यक्ति दिएका थिए । गृहमन्त्री लामिछानेलाई राईलाई भगाउनका लागि त्यस्तो अभिव्यक्ति दिएका त होइनन् ? भनेर प्रमुख प्रतिपक्ष कांग्रेसले आशंका जनाएको हो । कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आइतबारको बैठकमा पार्टीको धारणा राखेका हुन् । 'लोकेसन पत्ता लागिसकेको भनेको जीबी राईलाई के भगाउनलाई हो ? माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने कि…
Read More
संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि समिति गठन

संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि समिति गठन

९ असार, काठमाडौं - संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो । संसद् भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसद्का कर्मचारीहरूको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्रीज्युको कार्यकक्षमा सम्माननीय सभामुखज्यु, सम्माननीय राष्ट्रिय सभाको अध्यक्षज्यु, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ । संघीय संसद्का कर्मचारीहरूले जुन माग उठाएर सेवा सुविधानको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ । उहाँहरूको मागलाई सम्बोधन गरेर…
Read More
आफ्नो जादुमय गतिविधिले सरकारबाट हटाउन सजिलो नभएको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

आफ्नो जादुमय गतिविधिले सरकारबाट हटाउन सजिलो नभएको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री दाहालले भने, ‘अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै…
Read More
आउँदो निर्वाचनसम्म कांग्रेस सरकारमा जानु हुन्न: कांग्रेस महामन्त्री गगनकुमार थापा

आउँदो निर्वाचनसम्म कांग्रेस सरकारमा जानु हुन्न: कांग्रेस महामन्त्री गगनकुमार थापा

८ असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्यति बेलासम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिए । “पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रस्टता र प्रतिबद्धताको आवश्यकता छ । यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,” उनले भने । महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए । निर्वाचनमा पार्टीको उमेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उनले औँल्याए । “निर्वाचनका लागि उमेदवार छान्न पार्टीभित्रका क्रियाशील सदस्यले…
Read More
११ महिनामा गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात

११ महिनामा गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात

असार, काठमाडौं - चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो । आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ…
Read More
डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति

डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति

७ असार, काठमाडौं - बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएका पाठकले बताए । मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ ६ः३० बजेदेखि आगलागी सुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो । ओम कम्प्लेक्समा स्टेसनरी, झण्डै…
Read More
७७ करोड  भन्दा बढी रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको प्रधानमन्त्रीको भनाई

७७ करोड भन्दा बढी रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको प्रधानमन्त्रीको भनाई

६ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले ७७ करोड भन्दा बढी रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता भुक्तानी गरिसकिएको बताएका हुन् । उनले सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५८७ मागदाबी निवेदन परेको र तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गरिएको हो । उनले सरकारले २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाएको बताए । ‘समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुबाट ५९ हजार…
Read More
सांसद धनराज गुरुङको पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग

सांसद धनराज गुरुङको पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग

५ असार, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएको खण्डमा मुलुकका भ्रष्टाचार र राजश्व चुहावटसमेत नियन्त्रण हुने दाबी गरे । ‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो, पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउन सक्नुपर्छ,’ उनले भने, ‘सरकारमा बसेका साथीहरुलाई म यो निवेदन गर्न चाहन्छु । आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब प्रतिबन्ध लगाएर जानुपर्छ ।’ उनले यदि ती नोट प्रतिबन्ध लगाएका खण्डमा ८० प्रतिशत…
Read More
नेपाल आयाल निगम र नेपाल पेट्रोलियम चालक संघ बीच सहमति: आन्दोलन फिर्ता हुँने

नेपाल आयाल निगम र नेपाल पेट्रोलियम चालक संघ बीच सहमति: आन्दोलन फिर्ता हुँने

३ असार, काठमाडौं - नेपाल आयाल निगम र नेपाल पेट्रोलियम चालक संघ बीच सहमति भएको छ। सहमतिसँगै संघले आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो । वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ । चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search