Epost Nepal

Breaking News 2

दाहाल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन एमालेको ध्यानाकर्षण

दाहाल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन एमालेको ध्यानाकर्षण

२० असार, काठमाडौं - नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन ध्यानाकर्षण गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर हुने काम नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, 'संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजिनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ ।…
Read More
बाल यौन दुरूपयोग गरेको भन्दै रामबहादुर बमजनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

बाल यौन दुरूपयोग गरेको भन्दै रामबहादुर बमजनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

१७ असार, सर्लाही - आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनले बाल यौन दुरूपयोग गरेको भन्दै अदालतले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले साेमबार अभियुक्त बम्जन विरुद्ध त्यस्ताे फैसला गरेको हो । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियाे । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले…
Read More
यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको केपी शर्मा ओली भनाई

यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको केपी शर्मा ओली भनाई

१६ असार, काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्दै ओलीले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए । गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा फलेको मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने उनले बताए । ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दी गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो । उद्यमशिलता र…
Read More
कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन घन्टा भेटवार्ता

कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन घन्टा भेटवार्ता

१५ असार, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्। देउवा र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ। राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले नेतृत्वको सरकार बन्नुपर्ने बहस भइरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्णरूपमा हेर्न सकिन्छ ।
Read More
हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

१४ असार, चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन पुगेका अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए । 'पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ', प्रधानमन्त्री दाहालले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत…
Read More
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच छलफल

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच छलफल

१३ असार, काठमाडौं - संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच छलफल भएको छ । कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो । गत फागुनमा कांग्रेस नेतृत्वको गठबन्धनपछि बनेको एमालेसहितको समीकरण बने पनि टीआरसीसम्बन्धी विधेयक संसद्‌मा थन्किएको छ । दुबै गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने आफ्नो प्रमुख प्राथमिकतामा भएको बताए पनि अघि बढ्न सकेको छैन । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु टीआरसीमा सहमति खोज्ने प्रयासमा छन् । एमालेले पीडितलाई केन्द्रमा राखी टीआरी…
Read More
कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज

कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज

११ असार, काठमाडौं - कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेजको फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अजीज मुसलमानको इजलासले केदार कार्कीले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । कांग्रेसका केदार कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन परमादेश माग्दै दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै रिट खारेजीको फैसला भएको हो । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेश सभामुख अम्बरबहादुर विष्ट, एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्की,…
Read More
फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश

फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश

१० असार, काठमाडौं - सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटाले सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गर्दै देवकोटालाई भएको कारबाही कार्यान्वयन नगर्नू/नगराउनू भनेको छ । सर्वोच्च अदालतले देवकोटा गण्डकी प्रदेश सभा सदस्य रहेको र नेपाल समाजवादी पार्टीसँग आवद्ध भएको तथ्य उल्लेख गरेको छ । 'निवेदक नेपाल समाजवादी पार्टीसँग आवद्ध रहेको र सो पार्टी निवेदकले त्याग…
Read More
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

९ असार, काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र  टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । यस अघि नै भ्रष्टाचार मुद्दा दोषी ठहर र केही मुद्दामा विचाराधीन रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत…
Read More
नयाँ राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास नै नगर्ने गरी आएको सांसद प्रदीप पौडेलको टिप्पणी

नयाँ राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास नै नगर्ने गरी आएको सांसद प्रदीप पौडेलको टिप्पणी

८ असार, काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको उनले जिकिर गरे । उनले नयाँ राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास नै नगर्ने गरी आएको टिप्पणी गरे । नयाँ राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो । "नयाँ आएको राजनीतिक पार्टीमा त्यो पार्टीको नेतृत्वले गल्ती गरे तैँले गल्ती गरिस् भनेर भन्ने आँट कसैको पनि हुँदो रहेन छ,” उनले भने । सम्पूर्ण रूपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पन्जाभित्र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search