५ चैत्र, काठमाडौं - बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने पच्चिस जना घाइते भएका छन्। सोमबार साँझ निसीखोला गाउँपालिका– ६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो। उद्धारका लागि घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरीका अनुसार दुर्घटनामा कम्तीमा सातजनाको मृत्यु भएको हो भने घाइते २५ जनालाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्गदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले मृतक र घाइतेको अन्तिम विवरण आइसकेको छैन।
४ चैत्र, धनगढी - नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा आइतबार बसेको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीसमेत रहेका दलका नेता चौधरीले भने, ‘हामी अहिले पनि यही सरकारमा छौँ, यसलाई कायमै राखेर जाने निर्णय भएको छ’ । बैठकमा नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँचजनाको उपस्थिति रहेको थियो। उपस्थित पाँचैजना प्रदेश सरकारका मन्त्री हुन्। बैठकमा सांसद कैलाश चौधरी र टीका थापा भने अनुपस्थित थिए। दुवैजना उपचारका लागि काठमाडौं गएकाले बैठकमा सहभागी हुन नसकेको दलका नेता…
३ चैत्र, काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला ढुवानी व्यवसायी महासंघ नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडाले कांग्रेस संसद्लाई अवरुद्ध पार्ने पक्षमा नरहेको बताएका हुन् । कार्यक्रममा खतिवडाले कानून निर्माण गर्ने थलो संसद्लाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखी अघि बढाउनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताए । उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार…
२ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आइतबारका लागि स्थगित भएको छ । सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीबाट जवाफ माग गर्दे कांग्रेसले प्रतिनिधि सभा अवरोध गरेको हो । शुक्रबार निर्धारित समयमा बसेको बैठकमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । तर पुन: सुचारु भएको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक आइतबारका लागि स्थगित गरेका हुन् । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । कांग्रेसले बजेटका सिद्धान्त…
३० फागुन, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्ष कांग्रेसभित्रको द्वन्द्वले सरकार र गठबन्धनमा आफू आजित भएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई बुधवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा समस्या परेको बताए । प्रतिनिधिसभाको बैठकमा आफूलाई धोकेबाज भनेकोमा पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाए । 'संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भए ?,' उनले भने, 'निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको छु । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ ।' गठबन्धन बदलिएपछि कांग्रेसका दुई समूहबीच…
३० फागुन, काठमाडौं - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ र भारतीय समकक्षीले बधाई ज्ञापन गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्करले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए ।
२८ फागुन, काठमाडौं - मन्त्रिपरिषद्को सोमबारको बैठकले तीनवटा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तनको एक सातालगत्तै सरकारले कांग्रेस कोटाका मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरेको हो । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको जानकारी दिइन् । हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् । उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो । केन्द्रसँग प्रदेशहरूलाई समन्वय गर्नका लागि प्रदेश प्रमुख परिवर्तन गर्नुपरेको मन्त्री शर्माले…
२७ फागुन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युद्धस्तरमा काम गरेर मुलुकलाई समुन्नतिको बाटोमा अघि बढाउनुपर्ने देशको प्रधानमन्त्री अहिले कुन बेला पद जाने हो भनेर त्रासमा रहेको बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस समारोहमा महामन्त्री थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा पहिल्यै प्रधानमन्त्रीको कुर्सी हल्लिएको टिप्पणी पनि गरे । 'प्रधानमन्त्रीको कुर्सी अहिले पहिलाभन्दा पनि कमजोर बनेको छ । बन्नुभन्दा पहिल्यै हल्लिएको छ,' उनले भने, 'कतिखेर म यहाँबाट धकेलिने र लड्ने हो भन्ने डरले प्रधानमन्त्रीलाई सताएको छ ।' उनले यसपटक अबका निर्वाचनमा कसैले कसैसँग गठबन्धन नगर्ने गरी सिकाइ भएको बताएका छन् । ‘हामीले नेपालमा थुप्रै खालका अनुभवहरु बटुलेका छौँ । यसपटकको अनुभवले…
२४ फाल्गुन, काठमाण्डौं - निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको हो । व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका दोषी हुन् । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका थिए । २०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उनलाई सजाय…
२३ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजिनकगर्द नयाँ गठबन्धन सरकार लामो समय नटिक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा १९ मिनेटभन्दा लामो भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा फु गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो । म त्यसो भन्दिन । किनकी यो फु पनि गर्नु पर्दैन ।’ कुरा नयाँ गठबन्धन ढलोस् भन्नेमा आफू नरहेको स्पष्टीकरण दिँदै थापाले आफूहरुले राम्रो गरोस् भनेर शुभेच्छा राखे पनि गठबन्धन निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्नै नसक्ने खालको देखिएको टिप्पणी गरेका छन् । ‘यो सरकार आफैँ यसरी बनेको छ…