Epost Nepal

Breaking News 2

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ

२ कात्तिक, काठमाडौं - सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । उनलाई अहिले स्थलमार्गबाट पोखरा लगिँदैछ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन…
Read More
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त

१ कात्तिक, काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ । गत असोज २३ गतेसम्म एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट ट्रेडिङ कर्पोरेशनबाट रु ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो । त्यस्तै, सोही दिन स्वर्ग पवित्रा…
Read More
नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा अगाडी बढेको छ: गृहमन्त्री रमेश लेखक

नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा अगाडी बढेको छ: गृहमन्त्री रमेश लेखक

३० असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा बुधबार आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गरेका थिए । नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले…
Read More
डडेलधुरामा रात्रिबस दुर्घटना: चार जनाको मृत्यु, १२ जना घाइते

डडेलधुरामा रात्रिबस दुर्घटना: चार जनाको मृत्यु, १२ जना घाइते

३० असोज, काठमाडौं - डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई  उपचारका…
Read More
बाहिरियो यस वर्षको मनसुन

बाहिरियो यस वर्षको मनसुन

२६ असोज, काठमाडौं - यस वर्षको मनसुन शनिबारदेखि पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० देखि बाहिरिन सुरू गरेको मनसुन शनिबारबाट पूर्ण रूपमा बहिर्गमन भएको हो । शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो । यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिक रूपमा मनसुन बाहिरिएको थियो। शनिबार भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो ।…
Read More
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

२३ असोज, काठमाडौं - नेपाल राष्ट्र बैंकले दसैंतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ । नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि…
Read More
विकास निर्माणका काममा  सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्दछ: प्रधानमन्त्री केपी शर्मा ओली

विकास निर्माणका काममा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्दछ: प्रधानमन्त्री केपी शर्मा ओली

२२ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् । लगानी बोर्डको ५९औं बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरे । 'हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ,' उनले भने, 'यताबाट उता फाइल पठाउने र अध्ययन/विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा…
Read More
भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो

भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो

२१ असोज, काठमाडौं - असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । सोमबार साँझसम्म  एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको छ । एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको…
Read More
देशभर भएको जनधनको क्षति, पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारलाई कांग्रेसको ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण

देशभर भएको जनधनको क्षति, पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारलाई कांग्रेसको ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण

२० असोज, काठमाडौं - नेपाली कांग्रेसले भारी वर्षाका कारण देशभर भएको ठूलो जनधनको क्षति, पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारलाई ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नेताहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको हो । कांग्रेसले एकताको नेपाली संस्कारअनुरुप सरकारले विस्तृत कार्ययोजना निर्माण गरी संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल समेतको ऐक्यबद्धता र साझा प्रयासमा अहिलेको प्राकृतिक विपद् सामना गर्न आग्रह गरेको छ । त्यस्तै, तिनै तहका सरकार र निजी क्षेत्र, नागरिक समाज, स्वदेशी तथा विदेशी गैरसरकारी संघ-संस्था, गैर आवासीय नेपाली समुदायसंग समन्वय र परिचालन गरेर…
Read More
आगामी निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने छ: पुष्पकमल दाहाल

आगामी निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने छ: पुष्पकमल दाहाल

१९ असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ छ । दाहालले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search