Epost Nepal

Breaking News 2

बागमती नगरपालिकाका मेयर  र उपमेयरहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बागमती नगरपालिकाका मेयर र उपमेयरहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२९ जेठ, काठमाडौं - सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयर मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुल गर्नुपर्ने मागदाबी लिएको छ । उनीहरुविरुद्ध भरत ताल निर्माणको आवरणमा सार्वजनिक…
Read More
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

२८ जेठ, काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत प्राप्त गरेका छन् । सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए । विश्वासको मतको पक्षमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा सहित कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले मतदान गरेका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् । एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

२८ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल-भारतबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा तीव्रता दिनेबारे छलफल भएको छ । मोदीको शपथमा भाग लिन गएका प्रधानमन्त्री दाहालले  भारतीय प्रधानमन्त्री मोदीसँग आइतबार एकल भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री दाहालले छिमेकी देशहरूको भ्रमणको श्रंखला नेपालबाट सुरु गर्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन् । प्रधानमन्त्री दाहालले नेपाल भारतका सबै द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय गराउनेबारे मोदीसँग कुरा गरेका थिए ।
Read More
जसपा विभाजनविरुद्ध दायर गरेको रिट पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेश

जसपा विभाजनविरुद्ध दायर गरेको रिट पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेश

२७ जेठ, काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध दायर गरेको रिट सर्वोच्चको पूर्ण इजलासमा पठाउने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार बहस सुनेपछि दल विभाजनविरुद्ध दायर भएको मुद्दामा गम्भीर संवैधानिक व्याख्याको आवश्यकता देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले ऐन अभावमा नियमावलीमा टेकेर दल दर्ता गरिदिएको थियो । अध्यादेश जारी भएका बेलाको नियमावलीमा टेकेर मूल ऐन नै नभएका बेला दल दर्ता गरिदिएपछि यादवले दर्ता प्रक्रिया गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा…
Read More
दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाईयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो: केपी शर्मा ओली

दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाईयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो: केपी शर्मा ओली

२६ जेठ, काठमाडौं - सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्नै नपाउने अवस्था आउने बताएका छन् । एमाले काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न र पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधिसभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरेका हुन् । ‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरी म छक्क पर्छु । पुस ५ गते अरु सबै ठिकै थियो । पुस ६ गते संसद् चाहीँ भंग नगरेको भए हुन्थ्यो । संसद् भंग किन गर्नुपर्‍यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी…
Read More
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

२५ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताए । सुदृढ क्षेत्रीय सहयोगका माध्यमबाट शान्त एवं समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गरी यो…
Read More
गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले माग्यो कारण देखाउ आदेश

गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले माग्यो कारण देखाउ आदेश

२० जेठ, काठमाडौं - सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै उक्त विषय चाँडो टुंगो लगाउनुपर्ने भएकाले अग्राधिकार दिँदै जेठ २८ गते अन्तरिम आदेश गर्ने/नगर्नेबारे छलफलका लागि बोलाएको छ । न्यायाधीश श्रेष्ठको इजलासले गृहमन्त्री लामिछाने उपर कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनाको विषयलाई लिएर कुनै उजुरी/जाहेरी परेको नदेखिएको भन्ने महान्यायाधिवक्ताको कार्यालयको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी बेहोराको थप परीक्षण गरी…
Read More
कसैले अर्काको ढोकामा फोहोर फ्याँकिदिन्छ, यो गलत गर्‍यो भनेर कसैले भन्न सक्दैन : केपी शर्मा ओली

कसैले अर्काको ढोकामा फोहोर फ्याँकिदिन्छ, यो गलत गर्‍यो भनेर कसैले भन्न सक्दैन : केपी शर्मा ओली

१९ जेठ, काठमाडौं - सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् । काठमाडौं महानगरपालिकाले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई लिएर ओलीले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका हुन् । पार्टी निकट राष्ट्रिय युवा संघ,  नेपालले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बालेन र काठमाडौं महानगरपालिकाको नाम त लिएनन् तर घरअगाडि फोहोर फालेको प्रसंग निकालेर त्यस्तो प्रवृत्ति तानाशाही भएको बताए । ‘मलाइ छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने ? यो कुनै…
Read More
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

१८ जेठ, काठमाडौं - अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो । अदालतले करिब ६ हप्ताको सुनुवाइपछि ट्रम्पलाई दोषी ठहर गरेको हो । यसक्रममा स्टोर्मी ड्यानियल्ससहित २२ जना प्रत्यक्षदर्शीसँग अदालतले बयान लिएको थियो । पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा दिएको आरोप लगाएकी थिइन् ।  साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको…
Read More
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेले लिए शपथ, दुई जना मन्त्री पनि नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेले लिए शपथ, दुई जना मन्त्री पनि नियुक्त

१७ जेठ, काठमाडौं - अदालतको आदेशअनुसार गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डेले दोस्रो पटक मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार अपराह्न शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री पाण्डेले बुधबार नै दुई जना मन्त्री नियुक्त गरेका छन् । अर्थमन्त्रीमा टकराज गुरुङ र सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search