Epost Nepal

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए पदबाट राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए पदबाट राजीनामा

६ साउन, काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।
Read More
डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति

डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति

७ असार, काठमाडौं - बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएका पाठकले बताए । मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ ६ः३० बजेदेखि आगलागी सुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो । ओम कम्प्लेक्समा स्टेसनरी, झण्डै…
Read More
लुम्बिनी सरकारले ल्यायो आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट

लुम्बिनी सरकारले ल्यायो आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट

१ असार, बुटवल - लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सरकारले बजेटको आकार गत वर्ष भन्दा २ अर्बले घटाइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ । यस्तै आगामी आर्थिक वर्षको…
Read More
गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै  बुटवलमा प्रदर्शन

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै बुटवलमा प्रदर्शन

४ बैशाख , रुपन्देही - बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै बुटवलमा प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले मंगलबार आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पनि पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब दिएका हुन् । प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् । यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार…
Read More
निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नु पर्दछ : नेता शेखर कोइराला

निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नु पर्दछ : नेता शेखर कोइराला

२९ चैत्र, दाङ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बिहीबार दाङको घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले पटकपटक सरकार परिवर्तन हुँदा र त्यसको असर प्रत्यक्ष निर्वाचनमा देखिने भएकाले निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नुपर्ने बताएका हुन् । त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुनुपर्ने उनको भनाइ थियो । ‘संविधानसभाबाट निर्माण गरिएको संविधान उत्कृष्ट हुँदाहुँदै पनि केही कमजोरीहरू देखिए,' उनले भने, 'कमजोरीकै कारण संविधान निर्माणपछिका कुनै पनि दलको बहुमत ल्याउन नसक्दा स्थायी सरकार भएन। त्यसैले अब संविधानमा संशोधन गर्न आवश्यक छ ।’ कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर समानुपातिक प्रतिनिधित्व कायम हुने गरी निर्वाचन प्रणालीका बारेमा ठोस…
Read More
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

२५ चैत्र, लुम्बिनी - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । साथै मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन्। शपथ लिनेहरुमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन छन्। उनीहरू सबै विनाविभागीय मन्त्री हुन्।
Read More
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

चैत्र २३, बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि महराले लुम्बिनी प्रदेशका ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । महरालाई एमालेका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्रीको सपथ भने आइतबार दिउँसो १ गराउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
Read More
राजनीति र संघीयतामा ग्रहण लागेको छ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

राजनीति र संघीयतामा ग्रहण लागेको छ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

चैत्र २२, लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएका छन् । चौधरीले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए । बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए । औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको…
Read More
सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लागाएका छन् : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा

सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लागाएका छन् : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा

१७ चैत्र, दाङ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा गठबन्धन नगर्ने बताएका छन् । ‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा शनिबार दाङ पुगेका महामन्त्री थापाले सम्बोधन गर्दै कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताएका हुन्। ‘अबको चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले कलम, गिलास, हँसिया हथौडामा भोट हाल्नु पर्दैन,' उनले भने। गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताए। ‘काँग्रेसका मतदाताले रुख बाहेक अन्त कतै भोट कसैले हाल्ने छैनन्, सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला,’ उनले भने। थापाले त्यसका लागि बरू पार्टीभित्र अभूतपूर्व एकताको खाँचो…
Read More
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

७ पुस, दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त  गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्। लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा 'रोज राणा' को नामबाट परिचित छन्। चलचित्र निर्माता उनी अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित भएका थिए। कृष्णा केसीलाई मन्त्री बनाउने निर्णय माओवादीले झन्डै आठ महिना पहिल्यै गरिसकेको थियो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search