Epost Nepal

शिक्षा

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग-२०७४ को प्रतिवेदन सार्वजनिक

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग-२०७४ को प्रतिवेदन सार्वजनिक

२८ चैत्र, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग-२०७४ को प्रतिवेदन सार्वजनिक गरेको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो । उक्त आयोगमा डा. उपेन्द्र देवकोटा र मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए । २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा त्रिभुवन…
Read More
त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूको आग्रह

त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूको आग्रह

चैत्र २३, काठमाडौं - त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। उनीहरूले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रजिष्ट्रार र रेक्टर नियुक्तिमा अस्वाभाविक ढिलाइ भएको भन्दै योग्यताका आधारमा त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न आग्रह गरेका हुन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले निकालेको विज्ञप्तिमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको उल्लेख गरिएको छ। ‘लामो समय  बितिसक्दा पनि शिक्षाध्यक्ष र रजिष्ट्रार जस्ता पदाधिकारीको नियुक्तिमा अस्वाभाविक ढिलाइ भइरहेको छ,’ उनीहरूले भनेका छन्, ‘नियुक्तिमा ढिलो भएको कारणबारे  सम्बन्धित मन्त्रालय र त्रिभुवन विश्वविद्यालय दुवै मौन छन्। त्यसबाट  त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यमा पर्नसक्ने वा परिरहेका  समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित हुनु…
Read More
काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई  बालेनले सोधे स्पष्टीकरण

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई बालेनले सोधे स्पष्टीकरण

१४ माघ, काठमाण्डौं - काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ। मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्न भनिएको छ । मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो । …
Read More
त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

११ पौष, काठमाण्डौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन माग गरेको छ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै नेविसंघले उपकुलपति राजनीतिक भागबन्डाका आधारमा नगर्न आग्रह गर्दै खुला प्रतिस्पर्धाबाट योग्यलाई उपकुलपति नियुक्त गर्न माग गरेको हो । त्रिवि केन्द्रीय क्याम्पस र उपत्यकाभित्रका आंगिक तथा सम्बन्धनप्राप्त ५१ क्‍याम्पसबाट पत्र अभियान सञ्चालन गरिएको र यो अभियानबाट १२ हजार चार सय १५ विद्यार्थीको हस्ताक्षरसहितको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको नेविसंघ ले जनाएको छ ।विश्वविद्यालयलाई दलीयकरण र राजनीतिक भागबन्डाको अन्त्यका लागि पत्र अभियानमा जोडिन पनि नेविसंघले आग्रह गरेको छ।
Read More
विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई

विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई

८ पौष, काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेता र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउन कानुनी जटिलता हुन सक्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । राईले विद्यार्थी तथा अभिभावकले आफूले रोजेको ठाउँमा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था रहेको उल्लेख गरे । यी व्यवस्थाका कारण त्यो सम्भव हुन नसक्नेतर्फ उनले संकेत गरे । उनले निश्चित समयसीमा दिएर सो दिशातिर जान भने सकिने आफ्नो धारणा रहेको बताए । विद्यार्थीलाई कर लगाएर सामुदायिक विद्यालयमा पढाउनेभन्दा पनि गुणस्तर बढाएर आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
Read More
अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

अनुशासन इन्चार्ज नराख्न काठमाडौं  महानगरपालिकाको निर्देशन

६ पुस, काठमाडौं - काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न महानगरपालिकाले निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्। अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो। सूचना:
Read More
संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो: प्रधानमन्त्री पुष्पकमल दाहाल

संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो: प्रधानमन्त्री पुष्पकमल दाहाल

२ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालय शिक्षामा  मयअनुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिने  पनि बताएका छन् । ‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समातामूलक र सबै वर्ग, समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयअनुकूल सुधार गर्दै लैजानुपर्छ ।’ आगामी दिनमा प्राविधिक शिक्षाको भूमिका अझै बढाउँदै लैजानुपर्ने प्रधानमन्त्री दाहालले बताए । ‘उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न…
Read More
भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ : राष्ट्रपति रामचन्द्र पौडेल

भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ : राष्ट्रपति रामचन्द्र पौडेल

२ पुस, काठमाण्डौं  - राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासमा सरकारले ठूलो लगानी गरे पनि प्रर्याप्त नभएको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताए ।  शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आवस्यक रहेको औंल्याउँदै दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्नसमेत उनले आग्रह गरे । ‘सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘भोलि देशलाई कुन दिशामा लैजाने हो । त्यो तपाईंहरूकै हातमा…
Read More
शुक्रबार बिहान ६ बजे सर्भर डाउन हुँदा एनओसी वितरण रोकियो

शुक्रबार बिहान ६ बजे सर्भर डाउन हुँदा एनओसी वितरण रोकियो

२ पुष, काठमाण्डौं  — सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ। सरकारले भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकिरहेको छैन । तीन/चार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ। यसै विच हस्तलिखित एनओसी दिने तयारी गरिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने बताए । ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म…
Read More
त्रिविको ४९ औं दीक्षान्त समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै

त्रिविको ४९ औं दीक्षान्त समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै

२ पुष, काठमाण्डौं  — त्रिविले ४९ औं दीक्षान्त समारोह सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सरिक हुनेछन्। यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह हुँदै आएको थियो। ठाउँ साँघुरो भएकाले त्रिविले रंगशालामा दीक्षान्त समारोह आयोजना गरेको हो। ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए। एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ। त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन्।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search