Epost Nepal

शिक्षा

शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिन्छ: देवराज घिमिरे

शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिन्छ: देवराज घिमिरे

२२ मङ्सिर, ललितपुर - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६ औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो, आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन्, राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन, परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरूरी…
Read More
जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

१२ भदौ, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन् । बुधबार मन्त्री भट्टराईले मन्त्रालयमा संचारकर्मीसँग छलफल गर्दौ शिक्षा क्षेत्रमा देखिएको राजनीति समस्याको सामाधान राजनीति दलहरुबाटै खोज्नु पर्ने उल्लेख गरिन् । यसका लागि मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो । ‘जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन नि तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन,’ मन्त्री भट्टराईले आफ्नो शिक्षा सुधारको कार्यढाँचा प्रस्तुत गर्दै भनिन्, ‘विद्यालयदेखि विश्वविद्यालयहरुमा बढ्दै गएको राजनीति हस्तक्षेपकै कारण शिक्षामा गुणस्तर सुधार हुन सकिरहेको छैन । शिक्षामा राजनीति हस्तक्षेप रोक्न मेरो प्रयास जारीनै छ ।’…
Read More
विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण हुँदैन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई

विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण हुँदैन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई

८ भदौ, काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् । शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताएकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । ‘विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो’, उनले भनिन्, ‘हरेक क्षेत्रमा गृह मन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।’ विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, ‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता…
Read More
शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन: प्रधानमन्त्री केपी ओली

शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन: प्रधानमन्त्री केपी ओली

१ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन ।’ अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गरे । उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐननियमलाई आपसी संवादबाट समायानुकूूल सुधारका लागि सरकार तत्पर रहेको जनाए ।…
Read More
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

१८ साउन, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) ल्याएका छन्। परीक्षामा ९ हजार ५९१ जना विद्यार्थीले भने ४ जीपीए ल्याएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख १३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए। बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी थिए। कक्षा १२ को…
Read More
मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन

मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन

१७ साउन, काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ । शिक्षा मन्त्रीको उपस्थितमा समितिको बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ मा आवश्यक संशोधन गर्नुपर्ने र कानुनी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको हो । समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार सङ्कुचित भएकाले यस्तो निर्णय गरिएको बताए । 'हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित…
Read More
एसईई को नतिजा सार्वजनिक: ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त

एसईई को नतिजा सार्वजनिक: ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त

१३ असार, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । १८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन् । अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन् । परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा बोर्डले यसपालि लेटर ग्रेडिङ…
Read More
मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त

१८ बैशाख, काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले  प्रा. डा. थपलिया र प्रा.डा. गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा डा धुव्रकुमार गौतमलाई सिफारिस गरेको थियो । पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले पूर्वाञ्चलमा थपलिया, महेशराज दाहाल…
Read More
शैक्षिक प्राज्ञिक संस्थाहरूमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई नागरिक समाजका अगुवाहरूको अपिल

शैक्षिक प्राज्ञिक संस्थाहरूमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई नागरिक समाजका अगुवाहरूको अपिल

३ बैशाख , काठमाडौं - नागरिक समाजका अगुवाहरूले विश्वविद्यालयसहित शैक्षिक प्राज्ञिक संस्थाहरूमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई अपिल गरेका छन् । आज एक संयुक्त वक्तव्यमार्फत नागरिक समाजका ६७ जना अगुवाहरूले राजनीतिक दल र तिनको नेतृत्वबाट स्पष्ट भाषामा संयुक्तरूपमा तत्काल सार्वजनिक रूपमा उद्घोष गर्न र प्रतिबद्धताको पूर्ण पालना गर्न आग्रह गरेका हुन् । उनीहरुले सोमबारै प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई समेत सो अपिल बुझाएका छन् । ‘समाजको बृहत्तर हितको लागि स्थापना हुने शैक्षिक तथा अन्य सार्वजनिक संस्थाहरु समाज र राज्यको हेरचाह एवं संरक्षणमा नै हुर्किने, मौलाउने र अपेक्षित भुमिका निर्वाह गर्न सक्षम हुनेहुन् । तर लोकतान्त्रिक प्रणालीमा ‘संरक्षण’ को नाममा संस्थाको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि गरिने…
Read More
त्रिभुवन विश्वविद्यालयले पायो रजिष्ट्रार र रेक्टर

त्रिभुवन विश्वविद्यालयले पायो रजिष्ट्रार र रेक्टर

३० चैत्र, काठमाडौं - प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् । रिजाल त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी भने अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् । उपकुलपति प्रा.डा केशरजंग बरालले केही समयअघि नै दुई जनालाई नियुक्तिका लागि सिफारिस गरेका थिए । तर उनीहरूलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डले समय लगाएका थिए । त्रिविमा तीन महिनादेखि रजिष्ट्रार र पाँच महिनादेखि रेक्टर निमित्तको भरमा छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search