Epost Nepal

सुरक्षा र कुटनिती

तस्करीको अखडा बन्दै सिराहा, एक हप्तामा दुई करोडको कपडा बरामद

तस्करीको अखडा बन्दै सिराहा, एक हप्तामा दुई करोडको कपडा बरामद

मुकेश कुमार यादव सिराहा १६ असोज । पछिल्लो समय सिराहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्व विभागले निरन्तर रूपमा ठुलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यापक तस्करी भइरहेको स्थानीयले बताएका छन् । जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट र त्यसमार्फत सयौँ प्रहरी परिचालित छन् तर सीमा क्षेत्रमा दिनरात प्रहरी परिचालन गरिएको भए पनि तस्करी भने कुनै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो एक सातामा मात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिराहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरू बरामद गरेको छ । राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न…
Read More
सामाजिक सञ्जालको दुरुपयोग गर्दा नेपालगन्जमा तनाव

सामाजिक सञ्जालको दुरुपयोग गर्दा नेपालगन्जमा तनाव

काठमाडौँ । बाँकेको नेपालगन्जमा कर्फ्यु आदेश जारी भएको छ। दुई धार्मिक समुदायमाझ तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । २०८० असोज १६ गते मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ। पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुल हुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरूले स्ट्याटस पोस्ट गरेको विषयप्रति विरोध जनाउँदै मुस्लिम समुदायले र्‍याली निकालेको थियो।  मङ्गलवार बिहान मुस्लिम…
Read More
पोखरा विमानस्थललाई हम्बनटोटा नबनाऊ !

पोखरा विमानस्थललाई हम्बनटोटा नबनाऊ !

काठमाडौँ । ‘प्रधानमन्त्री चिन भ्रमणको अवसरमा नेपाल र चिन बिच भएका सम्झौताहरूको कुनै महत्त्व नभएको’ राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताउनुभयो – ‘त्यति साधारण सम्झौताको लागि प्रधानमन्त्री चिन जानु आवश्यक नै थिएन ।’ ‘वि.सं.२०७४ सालमा नेपाल र चिन बिच बिआरआई सम्झौता भइसकेको सन्दर्भमा सो सम्झौतालाई कुन रूपमा कार्यान्वयन गर्ने महत्त्वपूर्ण विषय भएको’ महासचिव भट्टले बताउनुभयो, – ‘बिआरआईलाई कार्यान्वयन गर्दा ऋणको रूपमा सम्झौता अगाडि बढाउँदा श्रीलङ्काको हम्बनटोटा हुन सक्ने खतरा हुनसक्छ ।’ चिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बिआरआई अन्तरगत समावेश गर्नुपर्ने भनिरहँदा महासचिव भट्टले ‘चिनको २२ अरब  ऋणमामा बनेको पोखरा विमानस्थल नेपालको लागि सेता हात्ती भएको’ बनाउनु भयो – ‘विमानस्थललाई ऋणमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search