Epost Nepal

सुरक्षा र कुटनिती

सालकको खपेटासहित एक जना पक्राउ

सालकको खपेटासहित एक जना पक्राउ

  काठमाडौँ, १ कात्तिक । टोखा नगरपालिका-६ स्थित न्यु खुकुरी फुड क्याफेबाट ९ सय ३० ग्राम तौलको सालकको खपेटा १ थानसहित सोही नगरपालिका-८ ग्रिनल्याण्ड बस्ने झापा घर भएकी ३१ वर्षीय सुषमा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सालकको खपेटा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Read More
अमेरिका पठाइदिन्छु भनेर ११ लाख ठगी

अमेरिका पठाइदिन्छु भनेर ११ लाख ठगी

काठमाडौँ, २९ असोज । अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दैलेख घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका-२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। भुवनेश्वर अनात्यले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Read More
सामूहिक बलात्कारको आरोपमा मोरङमा तीन जना पक्राउ

सामूहिक बलात्कारको आरोपमा मोरङमा तीन जना पक्राउ

मोरङ, २९ असोज । विराटनगरमा २५ वर्षीय युवतीमाथि भएको सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। २८ गते राति साढे ११ बजे भएको सामूहिक बलात्कारमा संलग्न धनुषा जिल्लाका ४३ वर्षीय टेकबहादुर तामाङ, धनुषाकै २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय एक जना रहेका छन्। उनीहरू तीनै जना ट्रकका चालक र सहचालक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। २८ गते राति साढे ११ बजे उनीहरूले सामूहिक बलात्कार गर्दा महिला चिच्याएपछि स्थानीयले थाह पाई प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल ती महिलालाई उद्धार गरी बलात्कारमा संलग्नलाई पक्राउ गरेको हो।
Read More
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

  काठमाडौँ, २६ असोज । काठमाडौँको तीनकुनेमा गत २९ भदौमा भएको चार जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौँले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो। काठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो। प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले…
Read More
भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

बारा, २६ असोज । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्य व्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो। गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरी ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए।…
Read More
लागु औषध कारोबारमा संलग्न ५ जना पक्राउ

लागु औषध कारोबारमा संलग्न ५ जना पक्राउ

हेटौडा, २२ असोज । लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीमा लागू औषधसहित ५ जना पक्राउ परेका हुन । उनीहरूसँग स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि जफत गरिएको छ । यसरी पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान, कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान र ३५ वर्षीय रामबहादुर स्याङबो तथा पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाईँलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रहरी र मनहरी प्रहरीको संयुक्त…
Read More
दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

नुवाकोट, १९ असोज । मेघाङ गाउँपालिका-२ बुङताङबाट भरुवा बन्दुक २ थानसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् ।   सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरुवा बन्दुक मर्मत गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बन्दुक मर्मत गर्न ल्याउने दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
Read More
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

    काठमाडौँ, १७ असोज । भेपमार्फत् ९ सुन तस्करी प्रकरणमा एक जना थप एक जना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
Read More
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १७ असोज। बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्य विनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय गोकुल थापालाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
Read More
धादिङमा ट्रकको ठक्करबाट दुई बिथार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

धादिङमा ट्रकको ठक्करबाट दुई बिथार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

धादिङ, १७ असोज । ट्रकको ठक्करबाट धादिङमा दुई विद्यार्थीको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्के खोलामा आज बिहान ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार ट्रकको ठक्करबाट दुवै विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका आफन्तले यतिखेर पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका छन् । काठमाण्डौमा समान पुराएर मुस्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख  ६४१३ नम्बरको ट्रकले उनीहरूलाई आज बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ । धादिङ प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका– ६ का…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search