* मोहनविक्रम सिंह मलाई हाँसो लाग्छ, जब भन्छ अन्धकारले आई,– ‘मैले रोक्दछु प्रकाश लाई, शून्य पारी सूर्यको तेज–राशि, अन्धकारमय, बनाउँछु विश्वलाई ! मैले कसरी पत्याऊँ ? जब ती गगन चुम्बी महलहरूले, गुलाफी गाला, सुकोमल शरीर, धडकी रहेका छातीहरूले गर्न थाल्दछन् भयङ्कर गर्जना, मानवताको भर्त्सना, क्रान्तिको विस्फोट रोक्दछौँ भनी ’फु’ गरी निभाई प्रज्वलित अग्नि ज्वालालाई सडे–गलेका दीवारहरू जोगाउँछौँ भनी रूख पात र ढुङ्गा पनि हाँस्दछन्, जब भन्छन् गोली तोप र एटमले ’संहार गर्छौ मानवतालाई, दिशा दिशामा फैलाई दानवी जाल, भस्म गर्दछौँ– आजादी शान्ति र प्रगतिका अङ्कुरहरूलाई चन्द्र–सूर्य पनि बादल भित्र लुक्दछन्, जब भन्छन् जेलका अग्ला दीवार र फलाम जन्जिरहरूले, बन्दीहरूमाथिका प्रताडना…
* मिनबहादुर राना संसारमा अनेक खालका मान्छे बस्छन् । यस्तै मध्ये कुनै अचम्मको कुरा नभए झैँ कुनै जमानातिर कुनै गाउँमा जाक्सीबाय नामको एक जना फटाहा जमिनदार बूढा बस्थे । उनी मन मौजी खालका मान्छे थिए । उनको एउटा गधा थियो । देख्नमा यो गधा पनि अरू गधाभन्दा त्यस्तो कुनै फरक थिएन । तर उसले जन्मसिद्ध यस्तो गला पाएको थियो । जब ऊ आफ्नो ठाउँमा बसेर चिच्याउँथ्यो छरछिमेकका सबैले कानमा औँला कोचार्नु पर्थ्यो । एक पटक जाक्सीबाय प्राचीन सहर तुर्किस्तानमा पुगे र उनले गधालाई बजारतिर मोडे । गधालाई रुखमा बाँधेर मुख मिठ्याउँदै चिया पसलमा पसे । राम्रो चिया पसलमा सधैँ मान्छेको…
* समीर सिंह साहित्यिक पदयात्रामा सहभागी नभएको धेरै दिन भएको थियो । वर्षाको समय तथा अन्य विविध कारणले लामो समयपछि साहित्यिक पदयात्राको तेस्रो भाग सम्पन्न गरियो । अन्पाको केन्द्रको बैठकले आश्विन १३ गते पदयात्रा गर्ने निर्णय गर्यो । र, त्यसलाई सफलतापूर्वक सम्पन्न पनि गरियो । धेरै दिन भएको थियो, प्रकृतिसँग रमाउन नपाएको । काठमाडौँको खाल्डोको उकुसमुकुस जीवन शैलीबाट केही क्षणका लागि भएपनि उकालो चढ्न आतुरता भइरहेको थियो । उपत्यकाको भिडभाड जीवनशैली, धुलो र धुवाँबाट केही टाढा भाग्न मन लागि रहेको थियो । चराहरूको चिरबिर ध्वनि अनि हरियो जङ्गलमा रमाउन कहिले पाइने होला ? यस प्रकारका थुप्रै प्रश्नहरू मनमा उत्पन्न भइरहेको…
काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले नियमित रूपमा गर्दै आएको साहित्यिक पदयात्रा–३ सम्पन्न गरेको छ । आश्विन १३ गतेका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्मको पदयात्रा, विभिन्न स्रष्टाहरूको सहभागितामा सम्पन्न भएको हो । ‘साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिहरूको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको’ अन्पाका महासचिव भीष्म जोशीले बताउनु भयो –‘यस प्रकारको गतिविधिलाई अझ व्यवस्थित तथा आकर्षक बनाउँदै नियमित गरिनेछ ।’ ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट ४ किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको अन्पाले ज्ञानघरलाई जानकारी गराएको छ । कार्यक्रममा स्रष्टाहरूले पदयात्राका साथै विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्य…
* हरिहर खनाल मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको…
* मेघराज ओली आमाले हैन प्राय बाले पैसा कमा केही काम गर भनी भनी बाको धर्म निभाए। कर्म धेरै अनेक प्रयासमा नतिजा एक बराबर बिग्रेको राइफलको नतिजा युद्धको सोध्छन् मेरा बा एक व्यापार गर भन्छन् मेरा बा पैसा कमा भन्छन् मेरा बा। अब कम्प्याक्ट गर्ने प्रोफिटमा गर्ने भनी स्वर्गमा चुरोटको डिलर खोले ग्राहकहरू राम्रो छ देवकोटा,पारिजात,वि.पी सब मेरा ग्राहक छन्.. ( पारिजातले चुरोट सल्काउँदा ......धर्तीको सबै भन्दा कामुक नारीको याद नआएको हैन....... हातका औँलाले सकम्बरिको याद नदिलाएको हैन......) दुःख छ ती सबको नाम मात्र खातामा छन् सबै गुलाबका फूलको थुङ्गा प्रेमीकाको हातमा कहाँ पर्छ र। बा भन्छन् व्यापार कस्तो छ…
मोहनविक्रम सिंह तिमी भन्छौ, म भागी रहेको छु, किनभने म– ‘यो धरतीलाई छाडेर, आकाशतिर गइरहेको छु’ तर म– ‘यो धरतीको माया मारेर, त्यो नीलो आकाशको मायामा अल्झेर आकाशतिर गई रहेको छैन ।’ म त– ‘ती काला बादलहरूसित लडेर ती चम्किला ताराहरू टिपेर, यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर आकाशतिर गई रहेको छु ।’ मलाई आश्चर्य लाग्छ । जब तिमीले यो भुल्दछौ– ‘म पनि यही धरतीमा जन्मेको हुँ जहाँ तिमी जन्मेका हौ । मैले पनि यो धरतीलाई माया गर्छु जहाँका सारा बाँझा चौरहरूमा हरिया अङ्कुरहरू उम्रन्छन्’ तिमीले भन्छौ– म भागिरहेको छु । तर म भन्छु– ‘म लडी रहेको छु’…
शान्ति प्रियवन्दना अन्याय हो जान्दा जान्दै पनि नबोल्नु मै कल्याण देख्ने हजुरआमालाई सोध्थेँ म हजुरआमा तपाईँलाई पटक्कै रिस उठ्दैन ? किन ? केही बोल्नुहुन्न ? हजुरआमा भन्नुहुन्थ्यो मेरी प्रिय नातिनी आइमाई त धर्ती हो म त्यही धर्ती बनेको हुँ आज मलाई पनि फूल भन्छन् जून भन्छन् आकाश भन्छन् धर्ती पनि भन्छन् र, चाहन्छन् म पनि फूल, जून, आकाश र धर्ती बनूँ मेरी आमालाई नि यसै भन्थे मेरी आमाबाट पनि यस्तै, यस्तै चाहन्थे मैँले मेरी आमाहरू र हजुरआमाहरू विवेकले एका थरी र, व्यवहारले अर्कैथरि बनेको पटक पटक देखेँ र,हुर्किएँ चाहिँदैन मलाई कृपया नदिनुहोस् मेरो नजरमा मेरा…
बाह्रबिसेको बस स्टपमा बोकाएर ल्याएपछि नैन भन्ने नैनबहादुरले आफ्नो जहानलाई एउटा शीतल ठाउँ खोजी थकाइ मार्न लगायो र आफू तरकारी पसलतिर लम्क्यो । केही छिनपछि अलिकति दही, च्यूरा, आलुको तरकारी र पानी लिएर ऊ फर्क्यो । अनि, आफ्नो जहानलाई खान कर लगाउँदै भन्यो, ‘खा खा अलिक बेथालाई त खाएकैले जित्छ । भरै अस्पताल पुग्नेसाथै तोक लाग्यो भने भर्ना हुन पाइहाल्छेस् खाने चाँजो मिल्ने हो होइन, खा खा ।’ पहेँली, ख्याउटी, फुकीढल भएकी स्वास्नी मान्छे, जो दोहोरो सास फेरिरहेकी थिई, सुस्केरा जस्तो आवाजमा आफ्नो लोग्नेलाई भनी, ‘टुङ्गोमा पुग्छु जस्तो लागेको छैन मलाई, खै रगत त्यत्तिकै आइरहेको छ ।’ त्यसपछि उसले खोकी,…
—वैरागी जेठा हिँडिरहेछ यात्री जबासँगसँगै । चुचुराहरू पग्लिरहेछन् गोठालाहरू हिङ पग्लेझैँ सभ्यताका एकतारेहरू गीत गाउँछन् गरल डाँडामा अनेकौँ पक्षीहरू संवेदनशील पत्रहरू लेख्छन् देवल डाँडामा बसेर गोर्की ,लुसुन ,देवकोटा र पौड्याल झल्किन खोज्छन् पाटनहरू बेथिति बादल कुँदिरहेछन् विस्मित समाचार लिएर यात्रीको अनुभूतिमा चमेराझैँ झुन्डिएका छन् आँत भाँचिएका मान्छेहरू । ठाँगे, रामाघाट सुनसान बनाएर देहरादुन सरेको छ बसाइँ । मानसरोवर तक्लाखार , जामुकुईनेहरू अलापिरहेछन् स्वर्णिम विचारहरू चसक्क कोरे काँडाहरूले नाग्मको बजारमा । राडी,पाखी बेच्न निस्केका डल्ले ,भुन्टे ,पुन्टेहरू अझै घर फर्केका छैनन् जाबेस्वरसँगसँगै सुख्खा,ठन्डा, शीतोष्ण चलिरहेछ पानी छुनै नसकिने ओ हो ! नागराजको पतनसँगै जीवनहरू रूखो रूखो भएछन् यहाँका वस्तिहरूमा । …