Epost Nepal

साहित्य

रित्तो गोजी

रित्तो गोजी

* सुगिता शाह  लखतरान जिन्दगी बोकेर हिँडेका गोडाहरू, सलबलाएका हातहरू, बरबराएका अनिदा रातहरू सयर गरिरहेछन् । हमासका बङ्करहरूमा । रात लम्पसार छ दिन लठेब्रो छ साँझ टोलाएको छ । बिहानी ले झकझकाएको छ चिलगाडीमा सपना सयर गरिरहे छ । जुवाको दाउमा नागरिकता छ गिज्याई रहेछ मनुवालाई देश ठुलो की गोजी ? घर ? होइन पाठेघर रित्तो हुने भो बारी ? होइन कोख बाँझो हुने भो । ऊ रित्तो भए पछि सौदाबाजी हुन्छ बेचबिखन चल्छ न्याय, अस्मिता , आत्मसम्मान र मुटु ,कलेजो पहिचान र देशको फुत्त झर्छन् एक थान पिडा एक थान अभाव अनेक थान सपना अनगिन्ती रहर एक हुल जिम्मेवारी…
Read More
पुनः लेख्नेछु !

पुनः लेख्नेछु !

* बिनु 'खुसी' हरियाली थियो मौसम   रङ्गी विरङ्गी ती सपना  मुना थियो काखामा हर्षित थिए बिपना  नसुती बिते दिन  अनि रोएरै कटे  कति रातहरू हुण्डरी बनी आयो  कापे मेरा हातहरू नसोचेको  नसम्झेको  यो के भो सपना ?  सारा खरानी भई  चकनाचुर पो भो  आशा पनि मर्न थाले  मन खुसी भएन  शरीरले बाटो  छेके पनि  मन गलेको थिएन  अर्ध नारी भएछु !  कठै हराएछन् मेरा रङ्गहरू लड्दै हिँडे  भिड्दै हिँडे जित्नु छ जङ्ग भनी  दुख्यो छाती  गले मेरा हातहरू कतै छुट्ने हुनकी  कठै समाउने ती साथहरू मनमा आशा  आफ्नाको भरोसा  मौलाउने थाले  फेरि नयाँ पालुवा  आफू भित्रको दृढ विश्वास अनि आफ्नाको माया  दरो…
Read More
विषालु बेलुन

विषालु बेलुन

* नारायण ढकाल दूषित हावा भरेर नेपाली आकाशमा उडाइएका उँधोमुन्टे बेलुनहरू चकलेटी आसमा तानिएर जीवनवादी/जीवनदायी दर्शन बिर्सेर गौरवमय इतिहासको अपव्याख्या गर्दै युरोप र अमेरिकाका गल्लीहरूमा वेद, त्रिपिटक र मुन्धुमका पाना च्यातेर सारहीन बोक्रेदर्शन र कलाहीन सिद्धान्तको महिमा गाउँछन् र धरतीमा ज्ञान गङ्गा बगाउने सपना बाँड्छन् अनि,श्रीखण्डलाई लत्त्याएर धमिरे काठमा सुवास र शीतलता खोज्ने असफल प्रयासमा रमाउँछन्। विषालु बेलुनहरू! विगत विश्व-रङ्गमञ्चमा भएका जातीय,क्षेत्रीय,साम्प्रदायिक हिंसाको बीभत्स इतिहासबाट बेफिक्र शकुनिको निर्देशनमा आफ्नै आमाको पेटमा धारिलो हतियार सोझ्याउँदै सामाजिक सद्भावको घाँटी निमोठेर एकतामा अनेकताको विघटनकारी आपसी वैरभाव र शत्रुताको विष वृक्ष रोप्छन् र मृत्यु गीत गाउन तम्सिन्छन्। हावा महलमा उडेका बेलुनहरू, क्षणिक उँचाइलाई वास्तविक…
Read More
धरती रोइरहेछ~~~

धरती रोइरहेछ~~~

* महेशराज खरेल  म जन्मिएको धरतीको शिरमा एउटा श्वेत हिमाल  बिहान सूर्यको किरण सीतै स्वर्ण रङ्गमा रङ्गिएर टल्किरहेको हुन्थ्यो शरीरभरि जीवन   सञ्जीवनी बोकेर उसले प्राणी   वनस्पतिको  जीवन जोगाइरहेको हुन्थ्यो हिमालको काखमा बसेर पहाड नाचेको हुन्थ्यो त्यही पहाडको छातीमा असख्याै हरिया बोट बिरुवा हाँसिरहेका हुन्थे तिनै वनस्पतिका बिचबिचमा धेरै वनजन्तु र पशुपन्छी बाँचिरहेका हुन्थे  डाँफे मुनाल  र मयुरले भाका मिलाएर नाचिरहेका हुन्थे  हरिण,  बाघ  र सिंह आ आफ्ना आँगनमा आ आफ्नो जीवन सजाइरहेका हुन्थे यो मेरो प्रकृतिको सुन्दर बगैँचामा कस्का आँखा लागेर हो वा कुनै अनिष्ठ जागेर हो आजकल मेरो हिमालमा  हिउँ फुलेका बिरुवा छैनन् उस्का काखका पहाड  फेरिएछन्,…
Read More
एक्काइसौँ शताब्दी हँसाइरहेको मान्छे

एक्काइसौँ शताब्दी हँसाइरहेको मान्छे

  * मिसन अधिकारी   तिम्रो जात के हो, मिसन ? मैले भनेँ- मान्छे । तिम्रो धर्म के हो, मिसन ? मैले भनेँ- मान्छे । तिम्रो भगवान् को हो, मिसन ? मैले भनेँ- मान्छे ।   'मान्छे पनि कहीँ भगवान् हुन्छ, मूर्ख ?' यसपटक मैले पनि भनिदिएँ- 'मान्छे बाहिर कहीँ भगवान् हुन्छ, मूर्ख ?'
Read More
नेपाली कला र गीतसङ्गीतका चार स्रष्टा सम्मानित

नेपाली कला र गीतसङ्गीतका चार स्रष्टा सम्मानित

  काठमाडौँ, ३० असोज । साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मनीषा कोइरालाले ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई, ‘सरस्वती सम्मान’ साहित्यकारहरू डा. विष्णु विभु घिमिरे र साहित्यकार लक्ष्मण नेवटियालाई र ‘नारायण गोपाल सङ्गीत सम्मान’ गायिका झुमा लिम्बूलाई समर्पण गरिन्। उक्त अवसरमा मनीषा कोइरालाले साहित्यकार तथा कलाकारहरूले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत प्रस्तुत गर्ने गरेको बताउँदै सर्जकहरूलाई प्रोत्साहित गर्दै आएकोमा प्रशंसा गरिन्। कला मन्दिरका संरक्षक वसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको…
Read More
पाठशाला कि मातशाला

पाठशाला कि मातशाला

* नारायण ढकाल पाठशालालाई मनमौजी भट्टी बनाएर युरिया मलको लोकल ठर्रा घुटुक्क निल्दै र कुण्ठा बान्ता गर्दै वेश्या चरित्रलाई पनि उछिनेर दलालहरूसँग बोलकबोलमा व्यस्त सुस्त सुस्त कपडा फुकाल्न कस्सिएका सत्तान्धहरूका उत्तेजनात्मक चर्तिकलाका निर्लज्ज दृश्यहरूले लाज पस्कँदै छन्। स्खलित चरित्र र विकृत मनस्थितिको बिस्कुन सुकाएर सार्वजनिक ठाउँमा मानवीय सौन्दर्यलाई कुरूप बनाउँदै मर्यादा,नैतिकता र जनविश्वासलाई गिज्याएर मदोन्मत्त जुवाडेहरू शकुनि पासा फाल्दै चोर जुवा खेलेर पाठशालामा सर्वसाधारणका घरहरूमा आतङ्क मच्चाउँदै चीरहरणको बीभत्स खेलो खेल्दै छन्। अभिशप्त बाटा घाटाहरूमा मालिकलाई पगरी गुथाउने दौडमा बग्गीमा नारिएका घोडाहरू हिनहिनाउँदै विनाशकारी भेडे यात्राको पदचापभित्र मालिकको इलेक्ट्रिक सकले चेतना गुमाएका विवेकहीन प्रतिनिधि,अनुचर, सुसारे,दासहरू लामबद्ध भएर फोहोरको डुङ्गुर छोप्दै…
Read More
दसैँ कहिले आएको थियो र !

दसैँ कहिले आएको थियो र !

*  प्रकाश बस्नेत‘गफाडी’ भदौ महिना, सही नसक्नुको टन्टलापुर घाम चर्केको छ । घामले टाउको फुट्ला जस्तो भएको छ । जिउभरि पसिनाका कोसी बगेका छन् । भोकले इन्तु न चिन्तु र तिर्खाले प्याकप्याक पारेको छ रत्नेका बूढाबूढीलाई । तैपनि उनीहरू बेपरवाह घस्रिरहेका छन्, मुखिया बाको धान खेत गोड्ने काममा । दुई जना जोई पोइ मिलेर मुखिया बाको धान खेत गोड्न पैटाएको चार दिन बितिसक्दा पनि एकछेउ सकिएको छैन । अझै चारै दिन लाग्ला जस्तो छ । मुखियाबाकाे सबै धान खेत गोड्ने काम रत्नेका बूढाबूढीले मात्र जिम्मा लिएका छन् । यसबाट आउने आधाजस्तो ज्यालाले उनीहरूले पोहर सालकै छाक टारिसकेका छन् । यति धान…
Read More
जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

काठमाडौँ, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी  ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रवार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन् । शुक्रवार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओं कृति हो । सत्यको खोज कृतिको समीक्षा गर्दै समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक…
Read More
मुटुको संवेदना !

मुटुको संवेदना !

*डा.कौशिला रिसाल हामी प्रत्येकसँग मुटु हुन्छ मुटु धड्कन हो, विश्वास हो कसैको भरोसा हो मायाको आवास हो । मुटु विशेष हुन्छ आफ्नाहरूको मुटु झन् विशेष हुन्छ मुटुभित्र राखेर जतनले हुर्काएका सन्तान झनै विशेष हुन्छन् ।   यतिबेला आशाको हरियो डालीमा पलाएको रहरको कोपिला फक्रिन नपाउँदै उडाइदिएको छ दशाको आँधीले पिरको नासो थमाएर सन्तान सुतेदेखि चीर निद्रामा बेस्सरी हल्लिएर आमाको मुटुबाट निस्किहेका छन् चीत्कारको आर्तनाद स्वर ।   शून्यतामा बिलाएका छन् आँखाबाट झरेका आँसुका ढिका, निदारबाट तप्प चुहिएर बिलाएको एक बुँद पसिनाजस्तै खत्रक्कै खसेर हमासको माटोमा बिलाएपछि आफ्नो प्रतिबिम्ब उतै छोडिएको छ सपनाको सुन्दर घर टुटेको छ जीवनको शृङ्खला हिउँदे बतासको एक झोक्का…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search