Epost Nepal

समाचार

निकासको छैटौँ साधारण सभा सम्पन्न

निकासको छैटौँ साधारण सभा सम्पन्न

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको छैटौँ साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेका दिन मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सो सभा सम्पन्न भएको हो ।  कैलाश निरौला निर्वाचन अधिकृत रहनु भएको साधारण सभाले उपाध्यक्षमा पूजा कुँवर, सचिवमा प्रमीला के.सी. तथा कोषाध्यक्षमा बिनु के.सी.लाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरूमा विमला दाहाल, रुबि क्षेत्री, डा.ज्योति ओझा, सुस्मिता पोख्रेल र सजिना पाण्डे निर्वाचित हुनुभएको छ ।  यसअघिको उद्घाटन कार्यक्रम, प्रमिता खनालको अध्यक्षता तथा प्रमीला के.सी.को सञ्चालनमा अगाडि बढेको थियो । साधारण सभामा कोषाध्यक्ष बिनु के.सी. नेपाल बाहिर रहेकोले अध्यक्ष तथा कोषाध्यक्ष दुवैको…
Read More
पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट सदस्यता प्राप्त गर्नु भएका पुराना कम्युनिस्ट नेता मेघराज आचार्य अस्वस्थ हुनु भएको छ । लामो समयदेखि मुटु , पायल्स र प्रोस्टेट रोगबाट पिडित वहाँ विगत १६ दिनदेखि टीचिगमा भर्ना भएर उपचार गराई रहनुभएको छ । नेता आचार्यको स्वास्थ्य सुधारोन्मुख छ । वि.सं.१९९६ सालमा प्युठानको तिघ्रामा जन्मीनु भएका नेता आचार्य कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गर्दै आउनु भयो । बनारसमा भएको चौथो महाधिवेशनमा नेता आचार्य, आमन्त्रित केन्द्रीय सदस्यमा समेत निर्वाचित  हुनु भएको थियो । भूमिगत कालमा वहाँ, कैलाली जिल्लामा सङ्गठन बिस्तार तथा आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । कम्युनिस्ट नेताहरू मोहन वैद्य, चित्रबहादुर…
Read More
मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

 मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरु भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जलेका घरहरू तार्के लामा, सोनाम लामा, ऐडी, सान्ताेना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षति हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास…
Read More
मसाल नेता रेग्मी डेंगुको सिकार

मसाल नेता रेग्मी डेंगुको सिकार

काठमाडौँ । नेकपा(मसाल) का काठमाडौँ जिल्ला प्रवक्ता जगत् प्रसार रेग्मी डेंगुबाट पीडित भई टिचिङ अस्पताल भर्ना हुनु भएको छ । १०४ ज्वरो आएर अस्पताल भर्ना हुनु भएको नेता रेग्मीको प्लेटलेस घट्दो क्रममा छ ।  अस्पताल भर्ना गर्दा नेता रेग्मीको प्लेटलेस एक लाख पैँतीस हजार रहे पनि आश्विन ५ गतेका दिन अठार हजारमा झरेको छ । प्लेटलेस कम भएको त्यसका साथै निमोनियाले समेत आक्रमण गरेका कारण वहाँलाई चक्कर आउने तथा कमजोरीको अनुभूति गरिरहनु भएको छ । ज्वरो कम भए पनि प्लेटलेट घट्ने सम्भावना भएको हुँदा डाक्टरले चिन्ताको विषय नभएको बताएका छन् । नेता रेग्मीको ए प्लस रगत समूह भएको हुँदा आवश्यक…
Read More
प्रलेसको ७२औँ स्थापना दिवस सम्पन्न

प्रलेसको ७२औँ स्थापना दिवस सम्पन्न

काठमाडौँ । ‘विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको तथा नेपालको बाम आन्दोलन पनि टुट फुटको अवस्थाबाट अगाडि बढिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ, एकताको दिशामा क्रियाशील भइरहनु गौरवको कुरा भएको’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीले बताउनुभयो । सङ्घको ७२औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कारको उद्घाटन मन्तव्यमा वहाँले सो धारणा राख्नुभएको हो ।  आश्विन ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको स्थापना दिवसमा मन्त्री किराँतीले, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन नभएकाले पटक–पटक असफल भएको’ बताउनुभयो– ‘नेपाली समाज भनेको माटो र विचार भनेको जरा हो, त्यसैले नेपाली माटोमा आधारित समाजवाद आवश्यक छ ।’  समाजवादी संस्कृतिको अभ्यासको आवश्यकतामाथि जोड दिँदै…
Read More
बालेन र रविको चेतावनीलाई बेवास्ता गर्दै  शिक्षकहरूको सडकमै हाजिरी

बालेन र रविको चेतावनीलाई बेवास्ता गर्दै  शिक्षकहरूको सडकमै हाजिरी

काठमाडौँ । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने जस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधवारदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । उनीहरूले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् । शिक्षकहरूको यस प्रकारको आन्दोलनले बालेन र स्वतन्त्र पार्टीलाई सबै भन्दा बढी टाउको दुखाइको विषय बनेको छ । मङ्गलवार राति मेयर शाहले एक विज्ञप्ति जारी गरी दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल समेत गरेका छन् ।  राजनीतिक आबद्धता तत्काल…
Read More
प्रलेसको स्थापना दिवसमा स्रष्टाहरु सम्मानित हुने 

प्रलेसको स्थापना दिवसमा स्रष्टाहरु सम्मानित हुने 

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७२औँ स्थापना दिवसमा विभिन्न स्रष्टाहरू सम्मानित हुने भएका छन् । आगामी आश्विन ५ गते नपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा दिउँसो ११ बजेबाट हुने सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री सूदन किराँती हुने जानकारी हुन आएको छ ।  वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्ने गर्दछ । यो वर्ष पनि नेपाली वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुराएका विभिन्न स्रष्टाहरु लाई सम्मानित गर्न लागिएको सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले बताउनु भयो । पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट कवि कुन्ता शर्मा, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार नरेश भण्डारी,…
Read More
आजदेखि शिक्षकहरू अनिश्चित कालीन आन्दोलनमा

आजदेखि शिक्षकहरू अनिश्चित कालीन आन्दोलनमा

काठमाडौँ । बर्षौसम्म चक र डस्टर बोकेर  हिँड्ने शिक्षकहरूको सम्मानित जीवन हुनुपर्दछ भन्दै  उनीहरू अनिश्चित कालीन आन्दोलनमा उत्रिएका छन् । शिक्षकरुहरुसँग गरिएको ५२ बुँदे सम्झौता, नेपाल सरकारले उल्लङ्घन गर्दै प्रतिगामी दिशातर्फ अग्रसर भएकोले आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानुभाई कार्की बताउनुहुन्छ ।  शिक्षासम्बन्धी विधेयकले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन खोजिएको, शिक्षामा लगानी नबढाएको, राहत शिक्षक, इसीडीलाई विद्यालयको आधारमा नल्याएको, कर्मचारीहरूको मागलाई बेवास्ता गरिएको भन्दै  आजदेखि पठनपाठनलाई ठप्प पारिएको अध्यक्ष कार्कीले बताउनुभयो ।   संसद्‌मा दर्ता भएको शिक्षा विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासङ्घले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। आन्दोलनलाई सशक्त बनाउन ७७ वटै जिल्लाबाट राहत, करार, बाल…
Read More
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने 

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित हुन नदिइने बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको समेत जानकारी दिए' प्रचण्डले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित गरिने छैन।’    प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । प्रधानमन्त्री दाहाल आजै न्यु योर्क आउनुभएका हुन् । उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि…
Read More
गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

काठमाडौँ । तीनकुने स्थित गैह्री गाउँमा शनिवार राति भएको चार जनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो। जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडा घारी क्षेत्रबाट पक्राउ गरेको थियो ।   घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  उनले फर्निचरमा पसेर चार जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। गैह्रीगाउँस्थित दिव्य सःमिलमा हत्या गरेको अवस्थामा शनिवार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search