काठमाडौँ, १८ कार्तिक । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ। यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ। जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ। यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। घाइतेको सङ्ख्या १६६ पुगेको छ।
काठमाडौँ । जाजरकोट। रामीडाँडा केन्द्रबिन्दु भएर राती ११.४८मा आएको भूकम्पबाट जनधनको ठुलो क्षति भएको जानकारी प्राप्त हुन आएको छ । ६.४ रेक्टरको भूकम्पबाट अहिलेसम्म नलगाड नगरपालिकाको उपमेयर सुनिता सिंह लगायत १३१ जनाको मृत्यु भएको सूचना प्राप्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार भूकम्प प्रभावित स्थलमा सग्ला घर देख्ने अवस्था नै छैन । सदरमुकाम खलङ्गामा उपमेयर सिंह बसेको घर भत्किँदा उनको निधन भएको हो । भूकम्प पीडितहरूको राहत तथा उद्धारको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमेत घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।
नेपालगन्ज, १७ असोज । नेपालगन्जका चेतन मानन्धरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार चलान गरिएको छ। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद माफी गरेका थिए। तर, उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। बिहीबार पक्राउ परेका उनलाई शुक्रवार बाँके जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले कारागार चलान गरेको हो। रिगलमाथि २०७२ साल असार २८ गते नेपालगन्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ। हत्या आरोप पुष्टि भएका रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
काठमाडौँ, १७ कार्तिक । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई नेताका बिचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ। केही दिन अघि सो समितिमा भएको एउटा संवादको भिडियो दृश्य यतिखेर भाइरल भइरहेको हो । खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्री हुँदा सो समितिका सभापति सांसद मात्रै हुँदा रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै ?’ भन्दै प्रश्न गरेका थिए । उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन् । तर, लामिछाने यतिखेर गृह मन्त्रीको जिम्मेवारी भन्दा बाहिर रहेका छन् र खतिवडाको पार्टी नेपाली काँग्रेस सरकारमा सामेल छ । यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न…
काठमाडौँ, १६ कार्तिक । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबिच बिहे गर्ने सहमति भएको छ। उनीहरूबिच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ। चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्। उनीहरूले कानुनी रूपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि नै चन्द र बरालबिच सम्बन्ध रहेको चर्चा चलेको थियो।
एउटा असल मानिसको मृत्युले सबैलाई शोकाकुल बनायो । पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको मृत्युको १३औँ दिनको श्रद्धाञ्जली कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा उपस्थिति सबैको एउटै भनाई थियो, 'हामीले असल नेता, अभिभावक र शिक्षक गुमायौ ।' समाजमा जन्मिएपछि आफ्नो व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुनु हुँदैन । समाज र व्यवस्था परिवर्तनको लागि प्रत्येक व्यक्तिको केही न केही भूमिका हुनुपर्दछ । जीवनको त्यो महत्त्वपूर्ण परीक्षामा दिवंगत् नेता मेघराज आचार्यले पनि आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेर अलबिदा भए । कुनै बेला कम्युनिस्ट पार्टीको सदस्य भएर, कुनै बेला स्कुलको शिक्षक भएर, कुनै बेला समाज तथा परिवारको असल अभिभावक भएर आफ्नो सङ्घर्षशील यात्रा गरिरहे । आफ्नो…
काठमाडौँ, १६ कात्तिक । सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हत्या आरोपमा जेल परेका रिगलको कैद माफी दिइएको थियो । बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सर्वोच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो । रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश…
काठमाडौँ, कार्तिक १६ गते । ‘धर्म र चाडपर्वलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नहेर्दा, अन्धविश्वास भनेको सामन्तवाद र विज्ञान भनेको पुँजीवाद हो भन्ने गलत निष्कर्षमा पुगिने’ दर्शनशास्त्री डा.खगेन्द्र प्रसाईँले बताए । ज्ञानशाला अनुसन्धान केन्द्रले कार्तिक १५ गते नयाँबजार स्थित अनुसन्धान केन्द्रको सेमिनार हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा बताएका हुन् । पुँजीवादले सबै संस्कृतिलाई एउटा बोरामा हालेर आफू अनुकूल प्रयोग गर्दछ भन्दै डा.प्रसाईँ भन्छन्, ‘मनकामनाको दर्शन गर्दा मनका सबै कामना पुरा हुन्छ भन्ने अन्धविश्वासको बीज रोपेर व्यापक रूपमा विज्ञापन, होटेल व्यवसाय, पर्यटन लगायतका पुँजीवादी नाफालाई प्रोत्साहन हुने गरी व्यापार गरिएको छ ।’ उनी भन्छन्, ‘साँखुको डाँडामा ठूलो शिवको मूर्ति, कुनै ईश्वर…
काठमाडौँ, १६ कार्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी कम्पनीले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन् । मङ्गलवार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्वजनिक गरेका हुन् । ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन’ उनले आफ्नो प्रस्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेका छन् । उनले निजी कम्पनीले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि व्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौँ महानगर बिक्रीमा छैन ।’ उनले अझ अगाडी लेखेका छन्, ‘तपाईँहरूले पुरै देशनै बेच्नु भो…
काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुङ्गानाको लेक लागेर मृत्यु भएको छ । गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधवार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुङ्गाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए । तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुङ्गाना भने हिँडेर फर्किदा लेक लागेको हो । मङ्गलवार राति हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुङ्गानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधवार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।