काठमाडौँ, कार्तिक ५ । गोरखाको आबुखैरेनी केन्द्रबिन्दु भएर दोस्रो भूकम्प आएको छ । भूकम्पको गहिराई ५.२ मेग्नीच्युडको थियो । काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । यसअघि वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका पुराना, इमानदार तथा जनप्रेमी नेता मेघराज आचार्यको कार्तिक ४ गतेका दिन बिहान १ बजेर ४० मिनेटमा निधन भएको छ । मुटु , पायल्स र प्रोस्टेट रोगबाट पीडित उनी लामो समयदेखिदेखि टीचिग अस्पतालमा भर्ना भएका थिए । नेकपा(माओवादी केन्द्र) का नेता जनार्दन शर्माले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर नेता आचार्यप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । नेता आचार्यलाई सूचना तथा प्रसारण मन्त्री रेखा शर्मा लगायत अग्रज व्यक्तित्व तथा परिवारजनबाट श्रद्धाञ्जली व्यक्त गरिएको थियो । श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्यले दिवङ्गत नेता आचार्यको मृत्यु पहाड भन्दा पनि गर्हुंगो भएको बताए…
काठमाडौँ, ४ कार्तिक । एक सय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिला पुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । बर्मामा दोस्रो विश्वयुद्ध लडेका वीर सिपाही दोलखाका एक सय एक वर्षीय शताब्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बङ्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई बर्सिया इन्द्रमाया पौडेलसम्मको जीवन सङ्घर्ष समेटिएको पुस्तक विमोचन भएको हो । पुस्तकमा ऐतिहासिक घटनाका साक्षी यस्तै विशिष्ट व्यक्तिहरू जो एक सय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरूको कथा व्यथा समेटिएको छन् । पुस्तकको नाम ‘शताब्दी व्यक्तित्व’ राखिएको छ । पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका…
काठमाडौँ, कार्तिक ३ गते । बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ । गाजामा अस्पताल सहित सर्वत्र बम वर्षा गरेर नरसंहार तथा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेकोमा भर्त्सना गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । पर्दशनकारीहरुले तत्काल युद्ध विराम गर्न र प्यालेस्टाइनी जनताको स्वाधीनताको ग्यारेन्टी र सम्मान गर्न माग गर्दै नेपाल सरकारसँग छिटो यसबारे प्रस्ट धारणा ल्याउन आग्रह गरेका छन् । बृहद नागरिक आन्दोलनले एउटा पर्चा जारी गर्दै भनेको छ, 'इजरायल–प्यालेष्टाइन सङ्कट सम्यक् समाधानको पहलको सट्टा निहत्था प्यालेष्टाइनी नागरिकमाथि अत्याचार र संहार जारी राख्ने क्षेत्रीय र विश्व–शक्तिहरूको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।' नागरिकको आन्दोलनको प्रदर्शनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी,…
काठमाडौँ, २ असोज । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एक जना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो निर्णय भएको बताइन्। यस्ता छन् बैठकले गरेका थप निर्णय - नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा अर्जुन जङ्ग थापालाई बढुवा गर्ने । - न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानुन समूहतर्फका ६ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरुवा गर्ने । - आसन्न दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्ने…
काठमाडौँ, २ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। शीतल निवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ। राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय सांसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्। यसै गरी राष्ट्रपतिबाट निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले टीका ग्रहण गर्न सक्नेछन्। टीका ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा आउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको…
काठमाडौँ, २ कात्तिक। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिङ युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ'ले बिहीबार दिउँसो 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ। श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र त्यसलाई कम गर्न तुरुन्तै 'स्टेन्ट' राखिएको समेत अस्पतालले जनाएको छ। श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आइसियुमा रहेका र उनी स्थिर अत्यावश्यक सङ्केतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ।
काठमाडौँ, २ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयाघात भएको हो । परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पतालमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन् ।
काठमाडौँ, २ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा…
विराटनगर, १ कात्तिक । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधवार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो । राप्रपाका एक सांसद अनुपस्थित रहे ।