Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
सहकारीको बचत अपचलनबारे छानबिन समिति बनाउन सत्तारुढ घटक नेकपा एसको माग

सहकारीको बचत अपचलनबारे छानबिन समिति बनाउन सत्तारुढ घटक नेकपा एसको माग

३ जेठ, काठमाडौं - सत्तारुढ अन्य दलहरू सहकारीको बचत अपचलनबारे छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले छानबिन समिति गठनको माग गरेको छ । केन्द्रीय कमिटीका निर्णय बिहीबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्दै नेकपा एसले सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत संलग्न भएको कुरा बाहिर आउनु  दु:खद भएको उल्लेख गरेको छ । कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि…
Read More
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ

२ जेठ, काठमाडौं - बलात्कार आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ५ लाख जरिवानाको सजाय तोकेको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । पाटन अदालतका रजिष्ट्रार विमल पराजुलीले न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई सफाइ दिएको बताए । यो फैसलासँगै लामिछानेलाई टि-२० विश्वकप खेल्ने ढोका खुलेको छ ।
Read More
कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने केपी शर्मा ओलीको भनाई

कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने केपी शर्मा ओलीको भनाई

२ जेठ, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकमा उनले कांग्रेसले संसद् अवरोध गरेकोमा प्रतिरोध गर्ने बताए । बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने उल्लेख गरे । ‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन’ उनले भने, ‘यस्तो हुन्छ ? …अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’ अध्यक्ष ओलीले कांग्रेसको इच्छा अनुसार संसद नचल्ने पनि बताए। ‘नेपाली कांग्रेस अनेक आरोपहरू लगाउँछ। फाइल दबाउँदा हैरान छ! नेपाली कांग्रेस...! अनि…
Read More
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा  राखिएका मुख्य प्रावधान

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा  राखिएका मुख्य प्रावधान

१ जेठ, काठमाडौं - राष्ट्रपति पौडेलले संसद्‌को दुवै सदनको संयुक्त बैठकमा मंगलबार २०८१/०८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आज वाचन गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा  राखिएका मुख्य प्रावधान यस्ता रहेका छन्: - बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझाव कार्यान्वयन गरिनेछ। लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिनेछ। – सहकारी संस्थाहरू स्थापनाको उद्देश्यअनुरूप सञ्चालन हुनुपर्ने व्यवस्था गरिनेछ । सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिनेछ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र…
Read More
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक

१ जेठ, काठमाडौं - मंगलबार सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । नीति कार्यक्रममा संविधान कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता राखिने, सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने, राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणलाई तीव्रता दिइने, निर्माणाधीन स्थानीय अस्पतालहरूलाई प्राथमिकीकरण गरिने, निजी क्षेत्रको सहकार्यमा खाद्य प्रशोधन उद्योग सञ्चालन गरिने, शिक्षक तथा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था पूर्ण कार्यान्वयन गरिनेलगायत विषय समेटिएका छन्…
Read More
कांग्रेसले सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

कांग्रेसले सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

१ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेबारे छलफल भएको हो । राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ । कांग्रेसले नीति तथा कार्यक्रम पेस गर्न दिए पनि त्यसमाथिको छलफलमा भने अवरोध गर्ने जनाएको छ । मंगलबार बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगन थापालाई सहकारीमा समस्या समाधान हुने भन्दै सदनमा अवरोध नगर्न आग्रह गरेका थिए । छलफलका…
Read More
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन कांग्रेसका नेताहरुलाई प्रधानमन्त्रीको आग्रह

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन कांग्रेसका नेताहरुलाई प्रधानमन्त्रीको आग्रह

१ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । कांग्रेसले भने नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए । कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रूपमा आफू लागिपरेको बताएको…
Read More
जसपा नेपालबाट फुटेर बनेको जसपा सरकारमा प्रवेश

जसपा नेपालबाट फुटेर बनेको जसपा सरकारमा प्रवेश

३१ बैशाख, काठमाडौं - उपेन्द्र यादवले सरकार छोडे लगत्तै  जसपा नेपालबाट फुटेर बनेको जसपा सरकारमा प्रवेश गरेको छ । नवगठित जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहेका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सपथ लिएका छन् । मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् । उनीसँगै राज्यमन्त्रीमा जसपाकी हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् । अब जसपाबाट मन्त्रिपरिषद्मा दुईमन्त्री र एक राज्यमन्त्री भएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार नै राजीनामा दिएका थिए । त्यस्तै…
Read More
माधवकुमार नेपालको राजनीतिक प्रतिवदेन: सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ

माधवकुमार नेपालको राजनीतिक प्रतिवदेन: सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ

३१ बैशाख, काठमाडौं - एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभा सबै त्रिसङ्कु भएको र सबैतिर गठबन्धन सरकार बनाउनु पर्ने अबस्था भएकाले सरकारको स्थिरतामा प्रश्न उठेको बताएका छन् । पार्टीको सोमबार बसेको पोलिटव्यूरो बैठकमा राजनीतिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले सरकारको स्थिरतामा प्रश्न उठेको उल्लेख गरेका हुन् । ‘प्रतिनिधि सभा र प्रदेश सभा सबै त्रिसङ्कु भएको र सबैतिर गठबन्धन सरकार बनाउनु पर्ने अबस्था भएकाले सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ’ बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘वर्तमान पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार, वर्ग चरित्र र दृ ष्टिकोण फरक फरक भएता पनि संविधानको पूर्ण…
Read More
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले दिए राजीनामा

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले दिए राजीनामा

३१ बैशाख, काठमाडौं - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् । केही दिनअघि यादव विदेश भ्रमणमै रहेका बेला जसपा, नेपाल विभाजित भएको थियो । विभाजनपछि बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसमेत सरकारमा रहेको छ । त्यस्तै एमाले र माओवादीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि नैतिक रूपमा संकटमा परेका यादवले सोमबार राजीनामा दिएका हुन् । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले समेत पदबाट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search