Epost Nepal

कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने केपी शर्मा ओलीको भनाई

२ जेठ, काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन् ।

बुधबार पार्टीको संसदीय दलको बैठकमा उनले कांग्रेसले संसद् अवरोध गरेकोमा प्रतिरोध गर्ने बताए । बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने उल्लेख गरे ।

‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन’ उनले भने, ‘यस्तो हुन्छ ? …अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’

अध्यक्ष ओलीले कांग्रेसको इच्छा अनुसार संसद नचल्ने पनि बताए।

‘नेपाली कांग्रेस अनेक आरोपहरू लगाउँछ। फाइल दबाउँदा हैरान छ! नेपाली कांग्रेस…! अनि फाल्तु कुरा गर्ने? एमालेकाविरूद्ध जथाभावी? हाम्रो कहीँ कतै…, नेपाली जनता भ्रममा पर्न जरूरी छैन। देश यस्तो अवस्थामा छ, अर्थतन्त्र नाजुक अवस्थामा छ। राजनीति जटिल अवस्थामा छ। एउटा पार्टीको संकीर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद् बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले आफ्नो इच्छाअनुसार मात्र संसद् चल्ने?,’ उनले भने।

ओलीले कांग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ कि? बहुदलीय चलाउन खोज्छ? भन्दै प्रश्न पनि गरे।

‘भिन्न आस्था, भिन्न विचार, भिन्न संस्था, भिन्न पार्टी, सहअस्तित्व र पारस्परिक मर्यादा नेपाली कांग्रेसले बुझ्छ कि बुझ्दैन। हामी लोकतन्त्र, नेपाली कांग्रेसले लोकतन्त्र किस्तीमा दिएर, आहा लोकतन्त्र भनेर किस्ती स्वीकारेका मानिस होइनौं। बलिदान दिएर संघर्ष गरेर लोकतन्त्र ल्याएका मानिस हौं। त्यसकारण नेपाली कांग्रेसले नेकपा (एमाले)का सन्दर्भमा बोल्दा विचार पुर्‍याउनु! टिप्पणी गर्दा याद राख्नु!,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search