६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत र विपक्षमा ७४ मत पर्यो भने मत दिन्न भन्नेमा १ मत परेको छ । प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय…
६ साउन, काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।
६ साउन, काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । उनले बहुमत प्राप्त हुने आधार नभएका कारण मार्गप्रशस्त गर्ने बताएका हुन् । 'महत्वपूर्ण कुराहरू प्रदेश सभामा रेकर्डमा दर्ज गर्नुपर्छ भनेर बैठकको माग गरेको हुँ। तर पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अवस्था बनिसकेको अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउँदैन। त्यसकारण विश्वासको मत नलिने र अहिलेको समीकरण अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गरिदिने निर्णय गरेका छौं,' उनले भने । प्रदेश सभा बैठकअघि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट उनलाई राजीनामा दिन सुझाएको थियो ।
६ साउन, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलका क्रममा उनले देश विकासका निम्ति स्थिर सरकार बनाउन आवश्यक भएको बताए । सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरे । संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएकामा उनले जोड दिए । संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने उनको भनाइ थियो । “संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ । यसको सबल पक्ष, दुर्बल पक्ष, जटिलताको समीक्षा गरी…
६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि १७ गते भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । 'हामी विचारमा प्रतिष्पर्धा गर्छौं । तर खास-खास समयमा कांग्रेस-एमालेबीचमा पनि सहकार्य भएको छ । अहिले पनि त्यसकै एउटा निरन्तरता हो,' प्रधानमन्त्री ओलीले भने, 'आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन र राजनीतिक स्थिरताका लागि हामीहरुबीच सहकार्य गर्ने सहमति भएको छ ।' प्रधानमन्त्री ओलीले सार्वजनिक…
६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई पश्चगमनको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले जसले जीवन बलिदान गरेर हिंसालाई सही बाटोमा ल्याउँदै तानाशाह फ्याँक्यो तिनै पार्टीले कसरी संविधान सिध्याउँछन् ? भन्दै प्रश्न गरे । उनले नेपालमा लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ? भन्दै थप प्रश्न गरे । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान खाने भए कसले बचाइदिन्छ ? भन्ने प्रश्न पनि गरे । “संविधान संशोधन गर्नु पश्चगमन भनेको सुनेको छु । लोकतन्त्र शब्द कसले सुनायो नेपालमा ? कांग्रेस–कम्युनिस्टले होला नि,” उनले भने, “यी नै पार्टी संविधान खाने…
५ साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । शनिवार जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको बताए । उनले भने, ‘आजको रियालिटी के हो भने नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो एक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले…
५ साउन, काठमाडौं - काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । शनिबार सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । उनले भने, 'मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।' मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । उनले…
५ साउन, काठमाडौं - एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा भुसालले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस—एमालेले घुस खान सिकेको र कांग्रेस - एमाले दुवै राजनीतिक दल मिलेर माओवादीलाई घुस खान सिकाएको उनले बताए । 'हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके, त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । कांग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ, उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ,' भुसालले भने, 'कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ, हामीले आफू जस्तै बनायौँ ।'…
४ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको उल्लेख गरे । ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा नआएको भन्दै उनले भने, 'म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।' प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष…