काठमाडौँ । उपचारमा संलग्न डाक्टरहरूमाथि हातपात भएपछि त्यसको विरोधमा डाक्टरहरू सडकमा उत्रेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिटको विरोधमा डाक्टरहरूले काठमाडौँमा सडक प्रदर्शन गरेका छन् । माइतीघरमण्डलमा ठुलो सङ्ख्यामा भेला भएका डाक्टर तथा चिकित्सकले आफूहरूको भौतिक सुरक्षा नभएको भन्दै भौतिक सुरक्षा दिन राज्यसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी माथि हातपात गर्दै अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गरी भौतिक सुरक्षा दिनुपर्ने डाक्टरहरूको मुख्य माग छ । लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेका थिए । चिकित्सकहरूमाथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाली काँग्रेसका नेता भन्नुहुन्छ,…
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ ।…
* नेपाल र चीनबिच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता * नेपाल र चीनबिच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) * नेपाल र चीनबिच आपराधिक मामिलामा दुई पक्षीय कानुनी सहायताको सन्धि * नेपाल र चीनबिच सगरमाथा र चोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी * लगानीका मुख्य परियोजनालाई प्रवर्द्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबिच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी * चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौता पत्र आदानप्रदान * नेपाल–चीन सीमा पार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबिच समझदारी…
मोहनविक्रम सिंह तिमी भन्छौ, म भागी रहेको छु, किनभने म– ‘यो धरतीलाई छाडेर, आकाशतिर गइरहेको छु’ तर म– ‘यो धरतीको माया मारेर, त्यो नीलो आकाशको मायामा अल्झेर आकाशतिर गई रहेको छैन ।’ म त– ‘ती काला बादलहरूसित लडेर ती चम्किला ताराहरू टिपेर, यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर आकाशतिर गई रहेको छु ।’ मलाई आश्चर्य लाग्छ । जब तिमीले यो भुल्दछौ– ‘म पनि यही धरतीमा जन्मेको हुँ जहाँ तिमी जन्मेका हौ । मैले पनि यो धरतीलाई माया गर्छु जहाँका सारा बाँझा चौरहरूमा हरिया अङ्कुरहरू उम्रन्छन्’ तिमीले भन्छौ– म भागिरहेको छु । तर म भन्छु– ‘म लडी रहेको छु’…
* भाेलानाथ ढकाल उपक्रम बालबालिका मानव सभ्यताको निरन्तरता हुन् । प्रत्येक प्राणीको निश्चित जीवनकाल हुन्छ । मान्छेको पनि त्यस्तै हुन्छ । एउटाको जीवनकाल सिद्धिन्छ । अर्काको सुरु हुन्छ । यो निरन्तर प्रक्रिया हो चलिरहन्छ । विगतमा पनि थियो । वर्तमानमा चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । मानव सभ्यता रहेसम्म यो क्रम यसरी नै चलिरहनेछ । विस्तार बालक जन्मँदा तटस्थ भएर जन्मेका हुन्छन् । चञ्चलपन उसको स्वभाव हो । जात, भाषा, धर्म, संस्कृति क्षेत्र, दर्शन सम्प्रदायसँग उसको कुनै सरोकार हुँदैन । आफ्नै मानवीय मौलिक गुण मात्र ऊसँग हुन्छ । यस्तो मौलिक गुण लिएर जन्मेको बालक पछि गएर कसरी विविध धर्म, जात,…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष चाओ लेजी बिच भेटवार्ता भएको छ। सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो। नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबिचमा विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री…
काठमाडौँ । ‘नेपालमा मार्क्सवादका आधारमा जीवन दर्शन निर्धारण गर्दा ब्रम्हाणवाद सँग सङ्घर्ष गर्नु परेको’ माओवादी केन्द्रका नेता राम कार्कीले बताउनु भयो– ‘ब्रम्हाणवादको सिकार, नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्यो । त्यही संस्कारको आधारमा विभिन्न कम्युनिस्ट नेताहरूमाथि आक्रमण सुरु भयो । ब्रम्हाणवादको संस्कृति हाबी हुँदै जाँदा यस प्रकारको स्थिति सिर्जना भएको हो ।’ ज्ञानशाला अनुसन्धान केन्द्रले नयाँबजारस्थित आफ्नो कार्यालयमा आश्विन ७ गतेका दिन मार्क्सवाद र जीवन दर्शन विषयक अन्तरक्रिया कार्यक्रममा नेता कार्कीले ‘बाम्हाणवादले जनसङ्ख्याको ठुलो हिस्सालाई अछुत बनायो । तर त्यसरी त्यो बनाउने वालाको पनि अमानवीय करण भएको’ बताउनु भयो । ‘मार्क्सवादमाथि धेरै बहस र प्रश्न उठेपछि नै मार्क्सवादको अझ वैज्ञानिक रूपले…
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिवार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई अपराह्न ४ बजे हुने सम्बोधन गर्नुहुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबिच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । उक्त समिटको कार्यक्रमलाई…
- मातृका पोखरेल ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौँ । यस क्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ । २०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो । सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको यो आँकडाले अब हामी सूचना…