Skip to main content

Epost Nepal

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

७ पुस, दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त  गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।

केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्।

लुम्बिनी सरकारमा उद्योग तथा यातायात मन्त्री बन्न लागेका सरोज थापा चलचित्र क्षेत्रमा ‘रोज राणा’ को नामबाट परिचित छन्। चलचित्र निर्माता उनी अघिल्लो वर्ष मंसिरको संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेर निर्वाचित भएका थिए।

कृष्णा केसीलाई मन्त्री बनाउने निर्णय माओवादीले झन्डै आठ महिना पहिल्यै गरिसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *