Epost Nepal

‘जेनजी आन्दोलनको आधारमा बनेको सरकार, भ्रष्टाचारविरुद्ध कडा कदम चालिन्छ’ ; प्रधानमन्त्री कार्की

२३ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अन्तरिम सरकार केवल चुनाव व्यवस्थापन गर्ने सरकार मात्र नभएको स्पष्ट पारेकी छन्।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसमा सम्बोधन गर्दै उनले यो सरकार सुशासनको मागसहित चलेको ‘जेनजी’ आन्दोलनको आधारमा बनेको बताइन्। उनका अनुसार सरकारले नियमित कामसँगै सुशासनका मुद्दामा छिटो गतिमा अघि बढिरहेको छ।

उनले भने अनुसार ‘जेनजी’ आन्दोलनका माग र अपेक्षाअनुसार परिणाम देखिन केही समय लागे पनि सरकार भ्रष्टाचारविरुद्ध आवश्यक पर्ने जुनसुकै कडा कदम चाल्न पछि नहट्नेछ। यसका लागि राज्यका संयन्त्रहरू सक्रिय भइसकेका छन्।

प्रधानमन्त्री कार्कीका भनाइमा, सरकारले उठाइरहेका कदमले प्रभावित भइरहेका केही समूहले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिने प्रयाससमेत गरेका छन्।

प्रधानमन्त्री कार्कीको भनाइ यस्तो छः
“यो सरकार चुनावी मात्र होइन, सुशासनको माग राखेर सुरू भएको जेनजी आन्दोलनको जगमा बनेको हो। सरकारले नियमित कार्यसँगै सुशासनका लागि तीव्र गतिमा काम गरिरहेको छ। ‘जेनजी’का अपेक्षा पूरा हुन समय लाग्न सक्छ, तर भ्रष्टाचारविरुद्ध जुनसुकै मात्राको कठोर कदम चाल्न पनि सरकार पछि हट्दैन। राज्यका संयन्त्रहरू सक्रिय छन्।

यसै क्रममा आत्तिएका केही तत्त्वले प्रत्यक्ष वा परोक्ष धम्की दिए पनि हामी भयभित हुँदैनौँ। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकलाई पनि विचलित नभई आफ्नो व्यावसायिक स्वतन्त्रता प्रयोग गर्दै दृढतापूर्वक अगाडि बढ्न म आग्रह गर्छु।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search